२०८१ वैशाख ७ गते | 19th of April 2024

धादिङका लागि एमाले उम्मेदवारको नाम सिफारिस , को को परे सिफारिसमा ?

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १९ गते १५:१२

धादिङ १९ असोज । नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा क्षेत्र नं २ मा एमाले बैकल्पिक केन्द्रिय सदस्य खेम लोहनी, प्रदेश सदस्य गुरु प्रसाद बुर्लाकोटी, जिल्ला कमिटि सदस्य बेद बहादुर खाँण, जिल्ला कमिटि सदस्य भरत ढुङ्गाना, लक्ष्मी श्रेष्ठ र देवेन्द्र अधिकारीको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को लागि एमालेका पोलिटब्यूरो सदस्यद्धय राजेन्द्र प्रसाद पाण्डे,गंगालाल तुलाधर,जिल्ला अध्यक्ष भुमि त्रिपाठी,युवासंघका सचिवालय सदस्य रमेश आचार्य र नरेश खतिवडाको नाम सिफारिस गरेको छ । ।

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं क मा नेत्र पौडेल, कुमार पाण्डे, केदार खतिवडा, रामराज पाण्डे, सुरेश आचार्य, उद्धव लुइटेल, दिनेश रुपाखेती, देवकी पौडेल प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं ख मा शीव कडेल, मीनराज कडेल देवप्रसाद त्रिपाठी र लक्ष्मण शर्माको नाम सिफारिस गरिएको क्षेत्रिय समितिले जानकारी दिएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं क मा डा। रामकुमार अधिकारी, पार्वती खाँण, खेम पाठक, धर्म अर्याल, राजेन्द्र सापकोटा रहेका छन् । प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं ख मा इन्द्रबहादुर श्रेष्ठ, फुरबहादुर तामाङ,नारायणबहादुर कार्की, बाबुकृष्ण श्रेष्ठ, गोपीप्रसाद पाण्डे, लीलाबहादुर खड्का, इन्दिरा ढुङगाना, गोपाल गुरुङ, उमेश थापा, भरतबहादुर खत्री र धनबहादुर घलेको नाम सिफारिस गरिरएको प्रदेश नं २ क्षेत्रिय कमिटिले जानकारी दिएको छ ।

क्षेत्रिय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेशसभाका लागि नामावली जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो । जिल्ला कार्य समितिले क्षेत्रिय समितिबाट सिफारिस भइ आएको नामावलीलाई शुक्रबार जिल्ला कमिटिको बैठक पछि केन्द्रमा पठाइने नेकपा एमाले धादिङले जानकारी दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको नाम पनि शुक्रबार नै सिफारिस गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *