२०८१ वैशाख ७ गते | 19th of April 2024

नवराज सिलवाल एमालेमा प्रवेश, भावी गृहमन्त्री बन्ने चर्चा

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २० गते १६:५०

काठमाडौं २० असोज । राजीनामा दिएर बसेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन । प्रहरी कर्मचारी पदमा कायमै रहँदा सिलवाल नेकपा एमाले प्रवेश गरेका हुन।

सर्वोच्च अदालतमा रहेको प्रहरी महानिरीक्षक सम्वन्धि मुद्दाको फैसला आफ्नो विपक्षमा आएपछि विज्ञप्ती जारी गरी उनले राजीनामाको घोषणा गरेका थिए। घोषणाको दोस्रो दिन उनको राजीनामापत्र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा पुगे पनि स्विकृत भएको छैन।

राजीनामा स्विकृत नभएपनि उनी शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीबाट टीका र खादा लगाउँदै एमालेमा औपचारिकरुपमा प्रवेश गरे। उनी दुई दिन अघि ललितपुरमा आयोजित एमाले कार्यक्रममा समेत सहभागि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *