२०८१ वैशाख १२ गते | 24th of April 2024

निर्माण व्यवसायी महासंघका अध्यक्षको गोही हानी हत्या

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २३ गते १४:४८

काठमाडौ २३ असोज । राजधानीको व्यस्त शहर बानेश्वर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी हत्या भएको छ । बानेश्वरको खरिबोटमा गौचनलाई गोली हानिएको हो । ।

 

गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो । गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

गौचनको घर र घटनास्थल करिब ५० मिटरको दुरीमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *