२०८१ वैशाख १४ गते | 26th of April 2024

निर्वाचन आयोगले आज १ सय ६५ निर्वाचन अधिकृत नियुक्त गर्दै

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १८ गते ३:३२

काठमाडौं, १८ असोज । निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनका लागि बुधबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गर्ने भएको छ । आयोगका अनुसार बुधबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत १ सय ६५ जनालाई नियुक्त गर्दैछ ।
बुधबार नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ ।
आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहनेछन् । त्यसका लागि १ करोड ७० लाखको हाराहारीमा मतपत्र छाप्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *