२०८१ वैशाख ७ गते | 19th of April 2024

नेजाले एनआरएन उम्मेद्वारहरुसंग सार्वजनिक बहसको आयोजना गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ९ गते २:१६

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेद्वारहरुसंग सार्वजनिक बहसको कार्यक्रम आयोजना गर्ने भएको छ । अमेरिकाका बिभिन्न प्रमुख शहरहरुमा आयोजना हुने बहस कार्यक्रममा बिशेषत: अध्यक्ष पदका प्रत्यासीहरुको सहभागीता हुने नेजाले जनाएको छ । नेजाद्दरा आयोजना हुने बहस कार्यक्रमका संयोजक बाल जोशीद्दारा जारी बक्तब्य :

नेपाल अमेरिका पत्रकार संघ नेजाले नेपाली समुदयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कार्यक्रम गर्दै आएको बिदितै छ, गैर आवासीय नेपालीहरूको सङ्गठन ( एनआरएन) अमेरिकाको निर्वाचन आगामी मे महिनाको अन्तिम साता हुने भएको छ। आगामी नेतृत्वका लागि दर्जनौले विभिन्न पदहरुमा आ-आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उम्मेद्वारहरुले नेपालीहरुको वृहत्तर हितमा आफ्नो योजना , दृष्टिकोण र योग्यतालाई प्रस्ट पार्न र समुदायलाई उम्मेद्वारहरु सँग साक्षात्कार गर्ने वातावरण सिर्जना गर्ने योजना अनुसार नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)ले अमेरिका प्रमुख चार सहरहरूमा स्थानीय समुदाय र उम्मेद्वारहरुका बिच सार्वजनिक बहसको आयोजना गर्ने भएको छ ।

एनआरएन अमेरिका र त्यसका राज्य स्तरिय शाखाहरु तथा स्थानीय सङ्घ-संस्थाहरू सँगको सयुंक्त आयोजनामा सञ्चालनमा हुने सार्वजनिक बहसमा एनआरएन अमेरिकाको भावी नेतृत्व, खास गरी अध्यक्ष पदका आकांक्षीहरुसंग अमेरिकाको नेपाली समुदायसँग सम्बधित विभिन्न पक्षहरूमा सार्वजनिक बहस गरिनेछ। बहसको खाका, विषय तथा प्रश्नहरू नेजाको सार्वजनिक बहस समुहले तय गर्नेछ ।

सार्वजनिक बहसको लागि तय भएका मिति तथा शहरहरु :

अप्रिल १५ शनिवार– डालस, टेक्सस
अप्रिल २९ शनिवार – न्यु योर्क
मे ६ , शनिवार – वासिङ्टन डिसी
मे १३, शनिवार – सान फ्रान्सिस्को, क्यालिफोर्निया

धन्यवाद ।

बाल जोशी
संयोजक, सार्वजनिक बहस
नेपाल अमेरिका पत्रकार सङ्घ ( नेजा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *