२०८१ वैशाख १२ गते | 24th of April 2024

नेपाली जन सम्पर्क समितिको लोगो र नामको दुरूपयोग नहोस् !

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १८ गते २२:३७

हेमराज भट्ट
लस एन्जलस, अमेरिका ।

बि.सं. २०१७ साल पुष १ गते तत्कालिन राजा महेन्द्रद्धारा सैनिक शक्तिको बलमा गरिएको असंबैधानिक र अप्रजातान्त्रिक राजनितिक कदम कु संगै बिकसित राजनितिक घटनाक्रम र परिवेश पछि लगातार ८ बर्षको काराबास सजॉंएबाट छुटकारा पाई छिमेकि मित्र राष्ट्र भारतमा निर्वासित जीवन बिताई रहेको बेलाताका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सशक्त बनाएर अगाडी लैजानका खातिर जननायक क्रान्तिका प्रबर्तक प्रर्थम जन निर्वाचित प्रधानमन्त्री महामानव श्री बिश्वेश्वर प्रसाद कोईरालाले नेपालमा प्रजातन्त्रको पुन स्थापनाको आन्दोलनलाई प्रवासबाटै बल पुर्याउन र नेपालको अप्रजातान्त्रिक शाही घोषणा तथा निरंकुश शासन ब्यबस्थाको बिरूद्घमा अन्तराष्ट्रिय सहयोग, जनमत र समर्थन जुटाउन भारतमा रहेका नेपालीहरूलाई एउटै मालामा गास्ने र समाहित गर्ने दुरदृष्टि, लक्ष्य र स्पष्ट उदेश्यका साथ खोलिएको एउटा ऐतिहासिक महत्व र सुनौला अक्षरले ईतिहास लेखिएको प्रजातान्त्रिक संस्था हो नेपाली जन सम्पर्क समिति,
नेपालको शासन ब्यबस्थालाई प्रजातान्त्रिक,लोकतान्त्रिक र गणतान्त्रिक करणमा भारत पछि बिश्वका बिभिन्न मित्रराष्ट्रहरूमा स्थापना गरिएको नेपाली जन सम्पर्क समितिले बिगतका समयमा पुर्याएको योगदान र खेलेको भुमिकाको यहॉं शब्दमा जति प्रसंसा गरेपनि कम हुन्छ, मुलुकमा कानुनी राज्य र बिधिको शासन बहालीका निम्ति यस संस्थामा क्रियासिल सपुतहरूले हिजो गरेको कुर्वानी, त्याग तपस्या, बगाएको पसिनाबाट सिन्चित यस संस्थाको पबित्र लोगो र नाम कोही कसैलाई पदमा आसिन र बहाली गराउन तथा कोही कसैलाई हराउन या जिताउन दुरूपयोग नगरियोस्, यस संस्थाको स्थापनाकालिन उदेश्य र लक्ष्यमा ऑंच पुर्याउने र खेलवाड गर्ने अधिकार म या हामी कसैमा छैन, आम नेपाली अमेरिकनहरूको समेत ढुकढकी र धड्कनको प्रतिबिम्व नेपाली जन सम्पर्क समिति अमेरिकालाई एक पटक होईन पटक पटक ब्यक्तिगत, समुहगत र गुटगत स्वार्थका निम्ति यसको स्थापनाकालिन भित्री मर्म र भावनामा गहिरो चोट पुग्नेगरी छियाछिया पारिएको छ।
२०१५ अप्रिल २५ तारिक नेपालमा गोरखा जिल्लाको बारपाकलाई केन्द्र बिन्दु बनाई गएको महा बिनासकारी भुकम्पको चपेटामा परेका भुकम्प पिडित परिवार तथा मानिसहरूको तत्काल उद्धार, राहत र सहयोगका लागि यहॉं बसोबास गरेका मानिसहरूले आफ्नो छाक काटेर अमेरिका भरबाट जम्मा गरिएको रकम मध्य तत्काल नेपालमा राहत बितरण गरेर बॉंकि रहेको लगभग ४५ हजार अमेरिकी डलर बराबरको रकम २२ महिना पछि सम्म पनि सो संकलित रकमका सम्बन्धमा अपचलन गरिएको एक अर्का प्रतिको आरोप प्रत्यारोपलाई बाहिरी सतह सम्ममा नै ल्याई यस संस्थाको अस्मितालाई अमेरिका भित्र मात्र होईन बिश्वभर नै उदांग पारिएको परिघटना सेलाउन नपाउँदै तथा सिथिल भएर थलिएको यस संस्थालाई पुन तन्दुरूस्त बनाउन कोशिष गर्दा गर्दै, फेरी हामी जिम्मेवार साथीहरू बिभिन्न बहानाबाजी, ब्यक्तिगत टकराब र जुँगाको लडाईको निम्ति यस संस्थालाई चाखे दाउमा थाप्ने दुश्प्रयास गर्दैछौ, यो म र हामी जस्ता कोहीपनि कर्मठ सदस्यका निम्ति किमार्थ सह्रय कुरा होईन र हामी पदासिन कसैलाई यसो गर्ने संस्थागत छुट छैन, हामी हाम्रा बिधी, बिधान, बाध्यता र परिधीले बॉंधिएका छौ, यतातिर हामी सबै साथीहरूको ध्यान केन्द्रित होस्।
हाम्रा ब्यक्तिगत आवेग र भावनाको भागेदार या साक्षी हामी सम्मिलित, संगठित, फराक उदेश्यले स्थापित र खोलिएको भिन्नै रूप र आकार भएको संस्था जन सम्पर्क समिति कदापी हुनै सक्दैन, अरू कुनैपनि संस्थाको गतिबिधि र क्रियाकलापहरूमा संस्थागत नियन्त्रण, त्यसको ओजमा लगाम र प्रवाहमा छेकवार गर्ने र हाम्रा ईच्छा र महत्वकांक्षानुरूप नेतृत्वको चयन हाम्रा चाहानाका भरमा हुनै सक्दैन, यस भ्रमबाट सबभन्दा पहिले म र हामी मुक्ति हुन जरूरी छ, नेपाली जन सम्पर्क समिति अमेरिका आफ्नो खस्किएको अनुहारमा थप चमक ल्याउनका लागि हाम्रा दैनिक गतिबिधि र कार्यक्रमहरू अझ बढी लोकप्रिय, समाजको तत्कालिन आबश्कताहरूको सहि ढंगबाट सम्बोधन र जल्दोबल्दो समस्याहरूको न्युनिकरण गर्दै जानुको सट्टा बिभिन्न संचार माध्यम र सामाजिक संजालहरूमा अहिले देखिएको खिंचातानी र छताछुल्लको वाताबरणले हामीलाई थप दुखी बनाएको छ, संगै यसको उज्ज्वल भबिष्यमा आशंका उत्पन्न गरेको छ।
खेलको मैदानमा छाएको उमंगको वाताबरण, देखिएको उल्लासमय दृष्य र दर्शकहरूले आफु पक्षिय टिम या खेलको समर्थन र बिरोधमा बजाएको तालि वा हुटिंगमा जोशिएर दर्शक या रेफ्री स्वयंम खेलको
मैदानमा प्रबेश गर्नुले खेलको शोभा र गरिमालाई बढाउदैन, यसले त उल्टो खेलको नियमको उल्लंघन हुन्छ भन्ने साधरण बिषयको कुरामा ध्यान दिन र हेक्का राख्न नसक्ने म या हामी कोही कसैले अरूले गरेको ब्यबहारलाई औंला उठाउने हिक्मत राख्नै सक्दैनौ, खेलको नियमको पालना खेलाडी, रेफ्री, अन्य सहयोगी र दर्शकहरूले अक्षरस पालना गर्दा मात्र त्यो खेल खेल्न, हेर्न र प्रसंसा गर्न लायक हुन्छ र त्यसको प्रभाबकारी मजबुँद हुदै जान्छ।
भर्खर मात्र न्युयोर्क शहरमा सम्पन्न धार्मिक सप्ताहामा पवित्र उदेश्यले हाम्रो संस्थाको नाम र तर्फबाट भावनामा बगेर होडबाजीमा गई बढाबढमा गरिएको दान चन्दा सहयोगलाई ब्यबहारमा नै सफल पार्न वा मुर्तरूप दिन हामी बिच एक आपसमा नै एकजुट भई आपसी सद्भाव र भाईचाराको सम्बन्धलाई पारदर्शिक तरिकाले बिकास गरी अगाडी बढ्न सक्ने प्राप्त उपयुक्त वाताबरण, टट्कारो आबश्कता र समयको मागलाई बेवास्ता गर्दै संस्थाका जिम्मेवार साथीहरू आ आफ्नो डम्फु बजॉंई अगाडी बढ्न तम्सिनुले हाम्रो नेपाली जन सम्पर्क समिति अमेरिकाको भबिष्यमा सॉंच्चिकै कालो बादल मडारिएकै होत भन्ने तर्फ संकेत गरेको छ। नेतृत्वदायी भुमिका र पदमा बहाल जिम्मेवार साथीहरू आफ्ना ब्यक्तिगत महत्वकांक्षा, कुण्ठा र समस्यालाई एकातिर पन्छाएर संस्था र यसमा समाहित हामी सबैको बृहत्तर हितका खातिर फेरी एक पटक आपसी सहमति र सहकार्य गर्दै हिड्न सक्नु भएन र हिड्ने ऑंट र कोशिष गर्नु भएन भने हामीलाई समयले क्षमा, ईतिहासले माथ र भोलि फेरी साथीभाईले साथ दिने छैनन् यसमा ढुक्क रहे हुन्छ।
जन सम्पर्क समिति अमेरिका र यसमा संलग्न म या हामी कोही पनि यहॉं भएका अन्य संस्थाहरूको नेतृत्वको जननी होईनौ, यसमा यदि कसैलाई यस्तो परेको छ र हो भन्ने भ्रम छ र हो भने ईतिहास फर्किएर हेर्न र अध्ययन गर्न सादर बिन्ति गर्छु, २१ औ शताब्दीको अमेरिकामा बस्ने नेपालीहरूको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न खडा नगरियोस्, यहॉं बसेका हामी सबै हाम्रो नेतृत्व आफै छान्न सक्षम र सबल छौ, यसको लागि कसैले पनि आफ्नो समुह, गुट र उपगुट हितका लागि अनाबश्यक प्रपंन्च र भ्रम छर्ने काम नगरौ, यसले समाजमा एउटा गलत परम्पराको स्थापित र छाप छोड्दछ, यस बिषयमा गम्भिर हुन र रहन म साथीहरूलाई पुन एक पटक बिनम्र अनुरोध गर्दछु।
रह्रो कुरा एन आर एन ए अमेरिकाको भाबि नेतृत्वका निम्ति अग्रसर सबै साथीहरू यही समाजका महत्वपुर्ण सदस्यहरू र हामी संगसंगै काम गर्दै आएका साथीहरू नै हुन्, जो जितेर आएपनि या हारेपनि भोलि यहॉंकै यहि समाजको हितका लागि हामीजस्तै र हामीसंगै फेरी क्रियासिल हुनु नै हुनेछ यसमा हामीले संस्थागत हिसाबले कसैलाई कॉंख र कसैलाई पाखा गर्न जरूरी रहेन, यस सम्बन्धमा कसैले पनि आशंका गर्नसक्ने र प्रश्न उठाउन सक्ने साधरण अबस्थाको पनि निर्माण नहोस् यसमा मेरो कामना छ, यसमा हाम्रो आबश्यक भन्दा धेरै कौतुहलता र प्रत्यक्ष वा अप्रत्यक्ष उपस्थितिले जन सम्पर्क समितिको बॉंकि रहेको ढुकढुकीलाई अरू धेरै कमजोर बनाउछ साथै यस संस्थाको एेतिहासिक महत्व झन् गिर्ने छ र हाम्रो लोगोको अपहेलना हुनेछ। हाम्रो अनेकौ चियोचर्चो, अनाबश्यक टेलिकन्फ्रेसमा सहभागि, तुक बिहिन तर्क र बितर्क आदी ईत्यादीले ब्यक्तिगत मर्यादा र संस्थागत ओजमा ऑंच आएको तर्फ नेतृत्वको ध्यान जान सकोस्,
अन्तमा हामीले आफुलाई सर्वोपरी मालिक ठान्दा बिगतका दिनहरूमा धेरैको राजनितिक र सामाजिक जिवनमा तुषारापात र ऑंधिबेरी नै आएको र कस्ता कस्ता महान् ईतिहास र क्षमतावान ब्यक्ति हुँ भन्ने राजनितिज्ञ र समाजसेवीहरूको हबिगत के भयो भन्ने बारेमा हामी सबैजना जानाकार नै छौ होला, नभए ईतिहासका किताबका ठेलि पल्टाएर वा खोजेर पढियोस्।
सबैमा शुभ कामना !
शुभ रहोस् !!
जय नेपाल !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *