२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाली भाषाबाट ड्राइभिङ लाइसेन्सका लागि टेक्सासमा हस्ताक्षर शुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३० गते २३:०८

ड्यालस (टेक्सस) – अमेरिकामा ड्राइभिङ लाइसेन्सको लागि नेपालीमै परिक्षा दिन पाउने व्यबस्थाका लागि नेपाली समाज टेक्ससले पहल सुरु गरेको छ ।

नेपाली समाज टेक्ससले अनलाइन मार्फत पिटिसन सुरु गरेको हो । अनलाइन पिटिसनमा जतिसक्दो बढी हस्ताक्षर गरेर राज्य सरकारलाई बुझाउने योजना राखिएको छ ।

अनलाइन पिटिसनलाई अमेरिकामा सामुहिक हस्ताक्षरका रुपमा लिइन्छ । धेरै व्यक्तिले हस्ताक्षर गरेका कार्यलाई सरकारले अनुमोदन गर्ने प्रचलन रहेको छ ।

टेक्ससमा ड्राइभिङ लाइसेन्सका लागि अंग्रेजी र स्पेनिस भाषामात्र मान्य छ । जतिसक्दो धेरैलाई यो पिटिसनमा सहभागी भइदिनका लागि नेपाली समाज टेक्ससले आग्रह गरेको छ ।

टेक्ससमा झण्डै एकलाख नेपालीभाषी रहेको अनुमान छ । टेक्ससका ड्यालस, ह्युस्टन, अस्टिन, सान एन्टेनियो लगायतका शहरहरुमा नेपाली समुदायको बाक्लो उपस्थिती छ । नेपाली र नेपालीभाषी भुटानीहरुको टेक्ससमा बाक्लो वस्ती छ ।

नेपाली समुदायले अहिलेसम्म अंग्रेजी भाषामै ड्राइभिङ लाइसेन्सको परिक्षा दिनुपर्ने अवस्था छ । सुरुमा लर्नर्स परमिटका लागि लिइने लिखित परिक्षामा अंगेजी भाषा नजान्नेले पनि अंग्रेजीमै दिनुपर्ने वाध्यता छ ।

अमेरिकामा ५० राज्यमध्य मेरिल्याण्डले गत वर्षदेखि नेपाली भाषामा लाइसेन्सको परिक्षा दिन पाउने व्यबस्था लागु गरिसकेको छ । नेपाली समाज टेक्ससको वर्तमान कार्यसमितिले आफ्नो पदवहाली कार्यक्रममा सवारी चालक अनुमतिपत्रका लागि नेपाली भाषाको पहल गर्ने प्रतिवद्धता जनाएको थियो । वर्तमान कार्यसमितिको पदावधि आउँदो डिसेम्बरसम्म बाँकी छ ।

पेटिसनमा हस्ताक्षर गर्न यहाँ क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *