२०८१ वैशाख १२ गते | 24th of April 2024

नेपाल अमेरिका एकता समाजको साधारणसभा डिसेम्बरमा

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २० गते २०:००

लस एन्जलस, क्यालिफोर्निया – नेपाल अमेरिका एकता समाजको झन्डै ८ वर्षको इतिहासमा समाज र समुदाय प्रतिको समर्पण र सामाजिक अग्रजहरुले देखाएको मार्ग दर्शन अनुरूप सामुदायिक गतिविधिमा अगाडी बढिरहेको छ ।

संस्थाको विधि विधान अनुसार यही नोभेम्बर महिना मा कार्यसमितिको म्याद समाप्त हुने भएको हुदाँ संस्थाको साधारणसभा मार्फत अर्कों नयाँ कार्यसमिति हस्तान्तरणको निम्ति संस्थानों नियमित बैठकले आगामी डिसेम्बर २६ तारिख की दिन संस्थाको साधारण सभा गरिने निर्णय पारित गरिसकेको छ ।

साथै आगामी नयाँ कार्यसमिति चयन गर्नको निम्ति निर्वाचन समिति गठन गरिसकेको छ, निर्वाचन समितिमा पूर्व अध्यक्ष,उमा कार्की थापाको संयोजकत्वमा ५ सदस्य मण्डल गठन गरिएको छ । सदस्यहरूमा राजेन्द्र शिवाकोटी, मदन पाठक, मुकुन्द ढुगाना, रामबावु पाण्डे रहनुभएको छ ।

यस्तै गरी कार्यसमितिको निर्णय अनुसार संस्थाको आजीवन सदस्य र साधारण सदस्यहरूको नविकरण र नयाँ साधारण सदस्य तथा आजीवन सदस्य निर्माण गर्ने समय डिसेम्बर १४, २०१७ सम्मको लागि तोकिएको छ ।

नेपाल अमेरिका एकता समाजको आगामी नयाँ कार्यसमिति निर्माणको लागि गरिने प्रकियाबारे निर्वाचन समितिले डिसेम्बर १५ देखी सुरु गरिने जानकारी संस्थाको अध्यक्ष सूर्य प्रसाईले दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *