२०८१ वैशाख ७ गते | 19th of April 2024

न्युयोर्कमा एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासीहरुको बहस कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ११ गते ४:१३

नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसि टेलीभिजन नेपालद्धारा न्यूयोर्कमा आयोजित, एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासीहरु विचको चुनावी बहस कार्यक्रम आइतबार न्यूयोर्कमा सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु डा.केशव पौडेल, गौरिराज जोशी, रामसी पोखरेल, कृष्ण पोख्रेल, रबीना थापा र डिल्ली भट्टराइले आफ्नो चुनावी एजेन्डाहरु प्रस्तुत गर्नुका साथै सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।

आफ्नो अथक प्रयासले एनआरएन अमेरिकालाइ विभिन्न कानुनी र प्राविधिक समस्याहरुबाट मुक्त गर्नमैे कार्यकाल खर्च भएपनि संगठन निर्माण, आन्तरिक तथा बैदेशिक सम्बन्ध विकास, अमेरिका र नेपाल सरकारसंग दरिलो समन्वय गर्नमा आफ्नो कार्यकाल सफल भएको बताउदै बर्तमान अध्यक्ष समेत रहेका केशव पौडेलले एनआरएन शुद्धिकरण अभियान, २६ वटा च्याप्टरहरु गठन, र नेपालीलाइ टिपिएसको दर्जा दिलाउन आफ्नो कार्यकाल सफल भएको बताउनु भयो । “मरो कार्यकालको अधिकांस समय मुद्धा सल्टाउनैमा बित्यो, अब मैले सुरुवात गरेका केहि महत्वपुर्ण र नविन योजनाहरु कार्यन्वयन लागी मलाइ थप एकपटक मौका दिनुहोस ।” पौडेलले सहभागी समक्ष आग्रह गरे । उनले सामुदायीक भवन निर्माण लगायतका योजनाहरु कार्यन्वयन गर्दै आफ्नो कार्यकालमा एनआरएनए अमेरिकालाइ विश्वकै उत्कृष्ट एनसिसि बनाउने दाबि गरे ।

अध्यक्षका अर्का प्रत्यासी गौरिराज जोशीले नयाँपुस्तामा एनआरएनए अमेरिकाप्रति देखिएको बिकर्षण हटाउने, साना पुजीँले उद्यमशीलता बढाउने, अमेरिकी सरकारले अल्पसंख्यक आप्रवासीलाइ प्रदान गर्ने विभिन्न शैक्षिक, आर्थिक र सामाजीक आधिकारको लागी पहल गर्ने सिपमुलक तालीम संचालन गरि नेपालीलाइ दक्ष श्रमबजारमा प्रबेश गराउने आफ्नो मुख्य एजेन्डा रहेको बताए । उनले, च्याप्टरहरु गठन भएता पनि अधिकार र कार्यक्रम विहिन अवस्थामा राखिएको भन्दै च्याप्टरहरुलाइ स्वयत्तता प्रदान गर्ने, नेपाल र अमेरिकी सरकार विच व्यापार सम्झौताको लागी पहल गर्ने र दोहोरो कर प्रणाली हटाउन पहल गर्नु आफ्नो मुख्य उदेश्य रहेको बताए । “अमेरिकामा रहेका सबै नेपाली अट्न सक्ने नयाँ एनआरएन बनाउन मलाइ सहयोग गर्नुहोस् ।” जोशीले आग्रह गरे ।

कार्यक्रममा अध्यक्षका अर्का प्रत्यासी एवं बर्तमान उपाध्यक्ष रामसी पोखरेलले एनआरएनए हिजो गोजीमा थियो र आज हार्डड्राइभमा सिमित पारिएकोे छ भन्दै सदस्यता वितरणप्रति चर्काे असन्तुष्टि व्यक्त गरे । पोखरेलले एनआरएनएमा पद्धतिको विकास र पालना गर्न, राजनीतिक प्रभावबाट मुक्त राख्न, समुहिक लगानीको बढाउन र नेपाली कम्यूनीटि सेन्टर निर्माणको लागी आफ्नो उम्मेद्धवारि आएको बताए । पैसाको प्रभावले एनआरएनएको मर्मलाइ नष्ट पार्न लागीएको भन्दै अक्रोसित भएका पोखरेलले भने, “मेरो उम्मेद्धवारि एनआरएन बचाउन हो, एनआरएनए अमेरिकामा मैले दिएको योगदान र प्राप्त उपलब्धीको मुल्यांकन गरि नेतृत्व गर्ने मौका दिनुहोस् ।”

 

ज्याक्सन हाइटस्को सत्यनारायण मन्दिरको सभाकक्षमा बिशाल जनसहभागिताको बिच भएको कार्यक्रममा अर्का उम्मेद्धवार कृष्ण पोख्रेलले आकस्मिक कोषको स्थापना, सामुदायीक भवनको निर्माण र हेरक राज्यमा नेपाल डे परेड आयोजना गर्नु आफ्नो मुख्य एजेन्डा रहेको बताए । युवापुस्तामा एनआरएनप्रति आकर्षण बढाउन र अमेरिकामा नेपालीले सिकेको सिपलाइ नेपालमा लगी उपयोग गर्ने आफ्नो योजना रहेको उनले बताए । “हामीले आर्थीक सबलम्बन र क्षमता विकासमा ध्यान दिनु जरुरी छ, मेरो उमेद्धवारि यही कुराको सुनीस्चितताको लागी हो ।” पोख्रेलले भने ।

वर्तमान उपाध्यक्ष एवं अध्यक्षका अर्का प्रत्यासी रबीना थापाले एनआरएनले महिलाको मुद्धालाइ आजसम्म पनि गम्भिरतापुर्वक सम्बोधन नगरेकोले महिला आफँैले नेतृत्व लिनु आवश्यक भएको ठहर गर्दै उम्मेद्धवारि दिएको बताइन । “महिला सहभागीता, शशक्तिकरण तथा नेतृत्व विकासको लागी मेरो उम्मेद्धवारि हो ।”

अध्यक्षका प्रत्यासी बाहेक अन्य पदका उम्मेद्धवारहरुले पनि संक्ष्प्ति एजेन्डा प्रस्तुत गरेको कार्यक्रममा अर्का प्रत्यासी डिल्ली भट्टराइले अमेरिकी मुलधारमा रहेको क्षमतालाइ नेपाली समुदायमा विकास गर्नको लागी आफुले उम्मेद्धवारि दिएको बताउनु भयो । एनआरएनले मात्र सबै नेपालीको भावनाको साझा प्रतिनिधित्व गर्न सक्ने भन्दै वहाँले भन्नुभयो, “एनआरएनलाइ सबैकोे साझा सस्थाँ बनाउँ ।”

आइसीसी सदस्यद्धय डा.विनोद शाह र खगेन्द्र जीसीले एनआरएनएको बारेमा टिप्पणी प्रस्तुत गर्नु भएको थियो भने पत्रकार दिनेशजंग शाहले पैसाले एनआरएन अभियानमा पारेको नकरात्मक प्रभावको बारेमा प्रश्न गर्नुभएको थियो । पत्रकार किरण मरहठ्ठाले संचालन गर्नुभएको कार्यक्रममा बरिष्ठ उपाध्यक्षका प्रत्यासि विश्वबहादुर शाह, महासचिवका प्रत्यासी सुर्य लम्साल, बिआर लामा उपाध्यक्षका प्रत्यासीहरु राधा पौडेल, हरिशचन्द्र हमाल, मणिनेपाली पनेरु, महिला संयोजकका उम्मेद्धवार उमा त्रिपाठी, सदस्यका प्रत्यासिहरु नवराज केसी, मिन खड्का, खेम भट्ट र सचिवका उम्मेद्धवार टेक लामा लगायतले पनि आफ्ना एजेन्डाहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *