२०८१ वैशाख १२ गते | 24th of April 2024

पोखरामा काँग्रेसको चुनावी पदयात्रा

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २७ गते ६:२८

पोखरा, २७ बैशाख ।
निर्वाचन आचारसंहित अनुसार चुनावी प्रचारका लागि एक दिन मात्र समय बाँकी रहदा पोखरा लेखनाथ महानगरका उम्मेदवारहरुले प्रचार अभियानलाई तिब्रता दिएका छन् । घरदैलो र वडा स्तरीय चुनावी सभामा सहभागी हुदै आएका पोखरा महानगरका कांग्रेस उम्मेदवार बुधवार विहान एक साथ सडकमा देखिए ।
प्रचारका क्रममा आयोजना गरिएको पदयात्रामा महानगरको लागि कांग्रेसको तर्फबाट मेयर, उपमेयरका उम्मेदवार सहित ३३ वटै वडाका उम्मेदवारहरु उपस्थित थिए । कांग्रेस कास्कीको पार्टी कार्यालय चिप्लेढुङ्गाबाट सुरु भएको पदयात्रा महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सभागृह, न्यूरोड हुदै पुनस् चिप्लेढुङ्गामै आएर टुङ्गिएको थियो ।
पदयात्रामा कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला, अर्का केन्द्रिय सदस्य एबं स्वास्थ्यमन्त्री गगन थापा, पूर्व सभामुख तारानाथ रानाभाट, सांसद यज्ञ बहादुर थापा, शारदा पौडेल सहित जिल्ला स्तरीय नेताहरुपनि सहभागी भएका थिए ।
पदयात्रापछि आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कोइरालाले पोखरा महानगरको सुशासन र संबृद्धीका लागि कांग्रेसका उम्मेदवारले जित्नुपर्ने बताए ।
स्वास्थ्यमन्त्री समेत रहेका केन्द्रिय सदस्य गगन थापाले जात र धर्मको नाममा अर्को द्धन्द सिर्जना गर्ने प्रयत्न भैरहेको आरोप लगाए ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले पोखराको मेयरका लागि भएको राष्ट्रिय सहमति अनुसार माओबादी केन्द्रले साझा उम्मेदवार मानेकाले कांग्रेसको जित सुनिश्चित रहेको बताए ।
कांग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरको मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङ चुनावी मैदानमा छन् ।
चुनावी प्रचारका क्रममा एमालेले पनि विहिवार मेयर र उप मेयरका साथै महानगरका सबै उम्मेदवारका साथमा पदयात्रा कार्यक्रम तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *