२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाल अमेरिका पत्रकार संघ, नेजाको अधिवेशन मेरिल्याण्डमा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २१ गते ३:२१

अमेरिका – यहि अप्रिल ३ तारिखमा सल्लाहकारहरु गिरिश पोखरेल, आडछिरिड शेर्पा, योगेश उपाध्याय र तारा बरालको सहभागितामा बसेको नेपाल अमेरिका पत्रकार संघ, नेजाको सचिवालयको बैठकले छैठौ अधिवेशन तथा १२ औं साधारण सभा आगामी
जुलाईमा सल्लाहकार योगेश उपाध्यायको संयोजकत्वमा आयोजना गर्ने निर्णय गरेको छ ।

अधिवेशनको मिति छिटै तोकिने कुराको जानकारी सल्लाहकारसमेत
रहनुभएका संयोजक उपाध्यायले दिनुभएको छ । यो निर्णयका सम्वन्धमा नेजाका अध्यक्ष भोला आचार्यको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिलाई जानकारी गराईसकेको पनि नेजाका सवै सदस्यहरुमा सुचित गराईन्छ ।

अधिवेशनलाई लक्षित गरेर नयाँ सदस्यता र नविकरणको आवेदन खुला गरिएको छ ।आगामी जुन महिनाको पहिलो हप्ताभित्र आफ्नो सदस्यता नविकरण तथा नयाँ आवेदन दिइसक्नुहुन समेत सम्पूर्ण पत्रकार साथीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

भोला आचार्य
अध्यक्ष, नेपाल अमेरिका पत्रकार संघ, नेजा
मितिः अप्रिल, ३, २०१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *