२०८१ वैशाख ८ गते | 20th of April 2024

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २५ गते १०:१५

पोखरा २५ बैशाख ।
स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल कांग्रेस पार्टी नछोड्ने घोषणा गरेकी छिन् । सोमवार लेखनाथका पौडेल परिवार सबै एमालेमा प्रबेश गरेको खबर सार्वजनिक भएपनि उनले आफु कांग्रेस भएरै मर्ने बताइन् ।
स्वर्गीय पौडेलका दाजु राममणि पौडेल सहित ३५० पौडेल परिवार एमालेमा प्रवेश गरेको खबर सार्वजनिक भएपनि उनी आफुले कांग्रेस पार्टी नछोड्ने प्रतिबद्धता जनाएकी हुन् । ‘ म रामजी वादलको सपनालाई साकार पार्छु, नेपाली कांग्रेसलाई मैले गर्न सक्ने त्याग तपस्या जे सक्छु गर्छु ’ , उनले भनिन्, ‘बरु म मरेर जाउला नेपाली कांग्रेस छोड्ने छैन । ’ आफुले नेपाली कांग्रेस भन्दा अन्य पार्टी पनि नदेखेको उनले बताइन् । उनले थपिन्,‘ जो जो थिए एमालेमा तिनैको नाम लेखिएको छ, अविर लाइयो भन्दैमा हुदैन । ’
आफ्नो पतीलाई सम्झदै उनले भनिन्, ‘ म उहाँको रगत पोखिएको ठाँउबाट नेपाली कांग्रेसकै इमान्दार कार्यकर्ताको रुपमा निस्कन्छु । ’ आफुले अहिले टिकट नपाएपनि पार्टीको तर्फबाट तोकिएका उम्मदवारलाई सघाउने प्रतिबद्धता पनि उनले जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *