२०८१ वैशाख ८ गते | 20th of April 2024

बलिउड अभिनेता शशि कपुरको निधन

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १८ गते १४:४५

काठमाडौं १८  मंसिर । बलिउड अभिनेता शशि कपूरको निधन भएको छ । निर्माता तथा निर्देशक शशि कपूरको सोमबार निधन भएको हो । ७९ वर्षीय कपूर केही समयदेखि विरामी थिए । उनको कोकिलाबेन अस्पताल मुम्बईमा उपचार भैरहेको थियो ।
कपुरले झण्डै ११६ चलचित्रमा अभिनय गरेका छन् । उनी ६१ वटा चलचित्रमा प्रमुख अभिनेताका रुपमा छन् भने ५५ वटामा मल्टीस्टारर चलचित्रका हिस्सा बनेका छन् ।

सन् १९३८ मार्च १८ मा जन्मेका शशि कपूरले सानै बाल कलाकारको रुपमा अभिनय यात्रा सुरु गरेका थिए । सन् १९६१ मा कपूर चलचित्र ‘धर्म पुत्र’ बाट अभिनेताका रुपमा बलिउड प्रवेश गरेका थिए । त्यसपछि लगातार एक से एक उत्कृष्ट चलचित्रमा अभिनय गरेका कपूरका ‘चोरी मेरा काम’, ‘फाँसी’, ‘शंकर दादा’, ‘दीवार’, ‘त्रिशुल’, ‘मुकद्धर’, ‘पाखण्डी’, ‘कभी–कभी’ तथा ‘जब जब फूल खिले’ जस्ता चर्चित चलचित्र रहेका छन् ।

बलिउड इन्डस्ट्रीमा छुट्टै पहिचान बनाउन सफल भएका शशि कपूरले थुप्रै अर्वाड पाएका छन् । उनलाई सन् २०११ मा भारत सरकारले पद्मभुषण प्रदान गरेको थियो । त्यस्तै सन् २०१४ मा दादासाहेब फाल्के पुरस्कारले उनलाई सम्मानित गरिएको थियो । बाबु पृथ्वीराज कपूर तथा उनका दाजु राज कपूरपछि यो सम्मान पाउने शशि कपूर कपूर परिवारको तेस्रो सदस्य हुन् ।
उनले ‘जुनून’, ‘कलियुग’, ‘३६ चौरंगी लेन’, ‘विजेता’, ‘उत्सव’ जस्ता चर्चित चलचित्रको निर्माण गरेका छन् । उनले विभिन्न १२ वटा अंग्रेजी चलचित्रमा पनि काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *