२०८१ वैशाख ७ गते | 19th of April 2024

बाढी पहिरोका कारण अस्थायी शिक्षकको परीक्षा एक हप्ता सर्‍यो

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३१ गते १७:१२

काठमाडौं, ३१ साउन । विगत केही दिनदेखि यता आएको बाढी पहिरोका कारण अस्थायी शिक्षकको परीक्षा एक हप्ता पछि सरेको छ । तराईका विभिन्न परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहेको साथै परीक्षार्थी पनि आवतजावत गर्न नसक्ने अवस्था रहेको भन्दै शिक्षक सेवा आयोगले परीक्षा सार्ने निर्णय गरेको हो ।

भदौ ३ गतेका लागि तोकिएको परीक्षा अब भदौ १० गते हुनेछ । अस्थायी शिक्षकलाई स्थायी बनाउनका लागि परीक्षा हुन लागेको हो । तर परीक्षामा फेल भए पनि सुविधा पाउनुपर्ने केही अस्थायी शिक्षकको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *