२०८१ वैशाख १४ गते | 26th of April 2024

बामएकतालाई विभिन्न टिप्पणी नगर्न एमालेको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २१ गते १५:५४

काठमाडौं, २१ असोज । एमाले र माओवादी केन्द्रबीच भएको सहमति अक्षरस पालना गर्ने निर्णय भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समिति बैठकले माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकताका लागि भएको सहमति अक्षरस पालना गर्ने निर्णय गरेको हो । माओवादीसँग भएको सहमति ऐतिहासिक भन्दै त्यसलाई अक्षरस पालना गर्ने निर्णय गरेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले वाम एकताका बारेमा अनावश्यक टिप्पणी नगर्न र यसैलाई कारण बनाएर चुनाव नगर्ने खेलमा नलाग्न नेपाली कांग्रेसलाई सचेत पनि गराएको एमालेले जनाएको छ ।
कांग्रेस नेताहरुले वाम एकतालाई अलोकतान्त्रिक, लोकतन्त्रमाथिको खतरा, अधिनायकवादी कदम भनेको भन्दै त्यस्ता टिप्पणी नगर्न स्थायी कमिटी बैठकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *