२०८१ वैशाख ११ गते | 23rd of April 2024

बारपाकमा टहरामा झण्डा फरर . . .

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १७ गते १७:३२

गोरखा । गोरखाको बारपाक गाउँ यसअघि गोरखा क्षेत्र नं. ३ मा पर्‌‍थ्यो। गोरखा दुई वटा प्रतिनिधिसभा क्षेत्रमा सीमित भएपछि बारपाक पनि क्षेत्र नं. २ मा परेको छ। गोरखा २ यसै चर्चामा छ । हेवीवेट उम्मेदवार तथा पूर्वसहकर्मी नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराई एकै क्षेत्रमा चुनावी प्रतिस्पर्धामा छन।

बारपाक पर्यटकीय गाउँका साथै लाहुरेहरुको गाउँको रुपमा चिनिन्छ। यहाँ १३ सय घरधुरी एकै गाउँमा छ । अहिले पनि बेलायती, भारतीय र नेपाली सेनामा जागिर खान जाने बारपाकी युवाहरु प्रशस्तै छन्। ०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पको केन्द्र यस बारपाक गाउँ अहिले चुनावी रौनकले छाएको छ। बारपाकीहरु बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका उमेद्वारलाई भोट माग्न लागिपरेका छन्।

घर बनाउने काम थाँती राखेर बारपाकी चुनावमा ब्यस्त हुन थालेका छन् । टहरोमा झण्डा राख्ने क्रमः सुरु भएको छ। उमेद्वारहरु डा. बाबुराम भट्टराई र प्रकाशचन्द्र दवाडी चुनावी प्रचारमा पुगेपछि झन् बारपाकीहरुमा उल्लास थपिएको छ। भट्टराईले आफू अर्थमन्त्री र प्रधानमन्त्री रहँदा बारपाक पुग्ने कच्ची बाटो खोलेको र आफूसहित दवाडीलाई जिताएर पठाएमा एक वर्षभित्रमा सडक कालोपत्रे गर्ने प्रतिवद्धता जनाउँदा बारपाकीले ताली बजाएर समर्थन गरे।

तस्विरमा हेराैँ, भट्टराई र दवाडीकाे चुनावी अभियान : 

  •  साभार : नेपालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *