२०८१ वैशाख ८ गते | 20th of April 2024

बाह्र बजेदेखि मौन अवधी सुरु, मौन अबधीमा के गर्न हुदैन ?

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १८ गते १५:४४

काठमाडौं, १८ मंसिर । दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुने ४५ जिल्लामा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।
दल, उम्मेदवार, कार्यकर्ता, मतदाता सञ्चारमाध्यमलगायत कुनै व्यक्ति या संस्थाहरुले आज राति १२ बजेपछि चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनाबको प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।
मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ । चुनाव प्रचारको अन्तिम दिन आज सबै जसो दल र उम्मेदवारले आफ्नो अन्तिम चुनावी सभा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *