२०८१ वैशाख १३ गते | 25th of April 2024

भारतकी मानुषी मिस वल्र्ड – २०१७

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २ गते २०:०६

चीन (सान्या) – चीनको सान्यामा सम्पन्न भएको ‘विश्व सुन्दरी २०१७’को ताज चिकित्साशास्त्रमा अध्ययनरत २० वर्षीय भारतीय सुन्दरी मनुसी चिल्लरले हात पारेकी छन् । उनले बिश्वका १ सय १८ सुन्दरीलाई पछि पार्दै ‘मिस वल्र्ड २०१७’को ताज हात पारेकी हुन् ।

अन्तिम पाँचमा मनुसीसहित केन्या, फ्रान्स, इंग्ल्यान्ड र मेक्सिकोका सुन्दरीबीचको प्रतिस्पर्धामा भारतकी मन्नुसी चिल्लरले ताज पहिरिन सफल भएकी हुन् ।

विश्वका १ सय १८ सुन्दरीले भाग लिएको यो प्रतिस्पर्धाको शीर्ष १० स्थानमा भारत, इन्डोनेसिया, रुस, इंग्ल्यान्ड, दक्षिण कोरिया, जमैका, मेक्सिको, दक्षिण अफ्रिका, केन्या र फ्रान्सका प्रतियोगीहरू प्रवेश गरेका थिए ।

चिकित्सक परिवारमा १९९७ मा जन्मिएकी मानुषीले यस वर्षको मिस इन्डिया उपाधि जितेकी थिइन्। उनी ‘मिस वल्र्ड’ जित्ने छैटौं भारतीय हुन् ।उनी एमबिबिएस तेस्रो वर्षमा पढीरहेकी छिन् ।

उनी भगतफुलसिंह मेडिकल कलेज फर वुमन सोनेपथमा अध्ययनरत छिन् । सेन्टथोमस स्कुल नयाँदिल्लीबाट स्कुलस्तर शिक्षा हासिल गरेकी हुन् । बुवाआमा डाक्टर भएकाले उनले सोही पेशा रोजेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *