२०८१ वैशाख ११ गते | 23rd of April 2024

भ्रममा नपर्न एनआरएन अमेरिकाका महासचिव लामाको अनुरोध

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ७ गते २२:३८

अमेरिका (टेक्सास)-  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका महासचिव बि.आर. लामाले एक विज्ञप्ति जारी गरी संस्थाका बारेमा बाहिर आएका समाचारमा कुनै सत्यता नरहेको बताएका छन ।

महासचिव लामाले जारी गरेको बिज्ञप्तीमा पुर्ण प्रजातान्त्रिक प्रक्रिया बाट गरिएको निर्णयलाई अनावश्यक बखेटा निकाली संस्थालाई अवरुद्ध नगर्न हुन सम्बन्धित सबैमा अनुरोध गर्दै यस्ता अनावश्यक भ्रामक प्रचारको पछि नलाग्न हुन समेत सबैमा आग्रह गरिएको छ ।

आसन्न आइसीसी सम्मेलनमा सहभागी हुने प्रतिनिधी छनौट गर्न बनेको समितीका बारेमा एनआरएनए अमेरीकाका बोर्ड अफ डाइरेक्टर संजय थापाको पछिल्लो अभिव्यक्ति तथा प्रचारबाजीलाई लक्षित गर्दै महासचिव लामाले बिज्ञप्ती मार्फत यसबारेमा स्पष्ट पारेका हुन ।

महासचिव लामाले जारी गरेको बिज्ञप्ती-

आदरणीय संयुक्त राज्य अमेरिका बासी एनआरएन दाजुभाई तथा दिदीबहिनीहरु,
नमस्कार
प्रशस्त उतार चढाव अनि अन्योल र अनिश्चितताका बाबजुद हामीले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकालाई नयाँ नेतृत्व प्रदान गर्न सफल भएका छौ। यसरि थुप्रै आरोह र अवरोह बीच नयाँ नेतृत्वको चयन भै सकेको आजको यो परिपेक्षमा अबको मार्ग भनेको तदारुकताका साथ कार्ययोजनाको तर्जुमा गर्ने र तर्जुमा भएको कार्ययोजनालाई मुर्त रुप दिन डटेर लाग्नुको सिवाय अरु केहि हुनै सक्दैन। तर बिडम्बना दिईएको र लिईएको जिम्मेवारी वहन गर्नुको साटो हाम्रा एक नवनिर्वा्चित बोर्ड निर्देशकले अनावस्यक प्रेश बिज्ञप्ति जारि गरि समाजमा भ्रम श्रीजना गरेको हुँदा यस बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको प्रथम फिजिकल बैठक गत सेप्टेम्बर १७ मा बसेको थियो। र उक्त बैठकले बिश्व सम्मेलनको लागि प्रतिनिधि छानोट गर्नकोलागि संघको बरिष्ठ उपाध्यक्ष श्री शुनिल साह ज्यू को संयोजकत्वमा ७ सदस्यीय छनोट समिति गठन गर्ने भनि सहमत भएको थियो। बैठकको समाप्ति संगै बिशेष गरेर युवाहरुको प्रतिनिधित्व नभएको र अबको एन आर एन युवाको काँधमा भएकोले युवाको प्रतिनिधित्व अत्यन्तै जरुरि छ भनि जनस्तर बाट अवाज उठ्नुका साथै कार्यकारिणी बोर्ड भित्र कै सदस्यहरुले समेत यस बिषयमा पुनरावलोकन हुन जरुरि छ भनि मत जाहेर भैरहेको हुँदा, युवा प्रतिनिधि सहित थप दुई जनाको नाम सामेल गरि सेप्टेम्बर १८, २०१७ मा एनआरएनए अमेरिकाको आधिकारिक गुगल ग्रुप मार्फत निर्णायर्थ कार्यसमितिमा प्रस्तुत हुँदा, अध्यक्ष बाहेक (अध्यक्षले मत बराबर भएमा मात्र निर्णयक मत हाल्ने व्यवस्था बमोजिम) जम्मा २२ जनाको मत जाहेर हुदा प्रस्तावको पक्षमा २० र बिपक्षमा जम्मा २ मत परेकोले प्रजातान्त्रिक प्रक्रिया अनुरुप सो प्रस्ताव पारित भएको हो। यसरि पुर्ण प्रजातान्त्रिक प्रक्रिया बाट गरिएको निर्णयलाई अनावश्यक बखेटा निकाली संस्थालाई अवरुद्ध नगर्न हुन सम्बन्धित सबैमा अनुरोध गर्दै यस्ता अनावश्यक भ्रामक प्रचारको पछि नलाग्न हुन समेत सबैमा अनुरोध गरिन्छ।

बाबुराम (बिआर) लामा
महासचिव
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *