२०८१ वैशाख ७ गते | 19th of April 2024

मिथिला राजले बनाइन् सर्वाधिक रनको रेकर्ड

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २९ गते ५:३०

काठमाडौं, २९ असार । मिथिला राज सार्वधिक रन बनाउने महिला क्रिकेटर बनेकी छन । उनी भारतीय महिला क्रिकेट टिमकी कप्तान हुन । मिथिला राजले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बन्न सफल भएकी हुन । मिथिला महिला क्रिकेटमा ६ हजार रन कटाउने खेलाडी पनि बनेकी छिन् ।
आइसिसी महिला विश्वकप क्रिकेटमा बुधबार अष्ट्रेलियासँगको खेलमा मिथिलाले रेकर्ड बनाएकी हुन् । बुधबारको खेलमा अष्ट्रेलियाविरुद्ध ६९ रन बनाएकी उनले आफ्नो एकदिवसीय करिअरमा ६ हजार २८ रन बनाएकी छिन् । खेल हारे पनि आफूले रेकर्ड बनाउन सकेकोमा खुशी लागेको उनले बताएकी छिन् । अष्ट्रेलिया जितसँगै सेमिफाइनल प्रवेश गरेको छ ।
यसअघि सर्वाधिक रनको रेकर्ड इंग्ल्याण्ड महिला क्रिकेट टिमकी पूर्व कप्तान चार्लोटे एडवार्डको नाममा थियो । उनले ५ हजार ९ सय ९२ रन बनाएकी थिइन् । १ सय ९१ एकदिवसीय खेलेकी उनले सन् २०१६ मे मा अवकाश लिइसकेकी छिन्।
सन् १९९९ मा १६ वर्षको उमेरमा डेब्यू गरेकी मिथिलाले १ सय ८३ एकदिवसीयमा ५१ दशमलव ५२ को एभरेजमा ६ हजार रन कटाएकी हुन् । उनले १० टेष्ट र ६३ ट्वेन्टी ट्वेन्टी क्रिकेट पनि खेलेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *