२०८१ वैशाख ६ गते | 18th of April 2024

मिस नेपाल – क्यालिफोर्निया : २०१७, आयोजक समितिको प्रेस बक्तब्य

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २१ गते २०:४०

सान्-फ्रान्सिस्को, अमेरिका । आदरणीय अमेरिकावासी दाजुभाई तथा दिदिबहिनीहरु,
नमस्कार ! यही आउंदो June 17th, Saturday का दिन Miss Nepal California यही हाम्रै सहर San Francisco स्थित Hilton Union Square मा भब्यताका साथ आयोजना हुन गईरहेको यहाहरूलाई अबगतै छ। यो कार्यक्रम वे-एरियामा नेपाली बसेको लामो समय भएता पनि पहिलो पटक आयोजना हुन गईरहेको छ र यो नितान्त सहयोग (बचेको रकम नेपाल मा लगेर स्कुल बनाउने) उदेश्यका लागि आयोजना गर्न लागिएको छ र यो कार्यक्रम वे-एरियामा गर्नु पर्छ भनेर हामी युवा साथी हरूको पहलमा तयारी अन्तीम चरण मा पुगेको छ। यो कार्यक्रम लाई सफल बनाउन सम्पुर्ण क्यालिफोर्निया बासी अज वे-एरिया वासि नेपालि को ठुलो भुमिका हुन्छ त्येसैले हाम्रो (वे-एरिया वासीको) इज्जतसँग पनि जोडीएको हुंदा हामी सबैको कार्यक्रम हो भन्ने महसुस गरी सहयोग गरिदिनु हुन हार्दीक अनुरोध गर्दछौं ।
(सामाजिक अभियान्ताका नाउंमा बोली पिच्छे ‘युवालाई समेटेर लानु पर्छ भनेको त सुनिन्छ । तर अब बेला आएको छ, हेरौं कसरी सहयोग र समेट्नु हुन्छ ! युवा साथीहरूले यस बिषयलाई गम्भिरताका साथ हेरिरहेका छौं । असल खराब नियतहरु भोली मिडियामा आईहाल्नेछ ) ।
केही समुह कार्यक्रमको बारेमा नकारात्मक टिप्पणी गर्दै र कार्यक्रमलाई कसरी असफल बनाउन सकिन्छ भनी दुश्प्रचार गरिएको देखिन – सुनुन आएको छ । स्मरण रहोस, युवासँगको जोशमा, उड्दा उड्दैको चरा समाउने जोशमा हाम्रा कामलाई हैसला दिनुको साटो खुट्टा तान्ने प्रयास पक्ष हुनेछैन । समाज भड्काउने यस्ता कामहरु कसैबाट भएको थाहा भएमा हामी पनि बस्ने समाजमा दुधको दुध र पानीको पानी छुट्टाउनु अबश्य पर्नेछ ।
धन्यवाद !
आयोजक समिती
मिस नेपाल क्यालिफोर्निया – २०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *