२०८१ वैशाख १३ गते | 25th of April 2024

मेस्सीको डकुमेन्ट्री चाहीँ मेरो जीवनकै एक उत्कृष्ट कार्यानुभव हो : पत्रकार किरण मरहट्ठा

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २८ गते १९:१९

न्यूयोर्क, अमेरिका । पत्रकार किरण मरहठ्ठा अहिले आफ्नो पुस्तक द होपको कारण चर्चामा छन् । प्रशारण पत्रकारितामा बेग्लै उचाइ बनाएका उनले विख्यात फुटबलर लियोनेल मेसिको बारेमा डकुमेन्टि निर्माण गरि अन्तराष्टिय चर्चा समेत बटुलेका छन् । प्रस्तुत छ केहि समय अधि अमेरिकामा सार्वनिक गरिएको द होप र उनको नीजि जीवनबारे मरहठ्ठासंग गरिएको कुराकानी :
द होप कस्तो किताब हो ?
द होप संघर्ष र सफलताको कथा हो । नेपालको अर्थराजनीतिक, सांकृतिक समाजीक र पत्रकारितामा संलग्न प्रख्यात व्यक्तित्वहरुको विचारहरु यो पुस्तकमा समेटिएको छ । जीवा लामीछाने, उपेन्द्र महतो जस्ता समाजसेवी देखि डा.यूवराज खतिवडा जस्ता अर्थविद्धको विचारहरु छन् । त्यस्तै डा.शशांक कोइराला, पोश्टबहादुर बोगटी, गोकर्ण बिष्ट, उपेन्द्र यादव जस्ता नेपाली राजनीतिका खेलाडीहरु र रविन्द्र मिश्र र किरण क्षेत्री जस्ता पत्रकारहरुसंग वर्तमान पत्रकारितको विविध पाटाहरुमा विश्लेषण गरि लेखिएको पुस्तक हो । तसर्थ यो पुस्तक पत्रकारिताका विद्यार्थीको लागी फिचर लेखन र अन्तर्वाताशैली निर्माणमा बहुउपयोगी पनि छ ।
अमेरिकामै विमोचन गर्नुको खास कारण के हो ?
आफु बिगत केहि समय देखि अमेरिका बस्दै आएकोले याहाँका सञ्चारकर्मी तथा समाजीक अगुवाहरुको आग्रहमा अमेरिकामा विमोचन गरिएको हो । अमेरिकी सञ्चारको विषयमा पनि यो पुस्तकमा लेखिएको छ । फेरि लेखकको नाताले विमोचन समारोहमा आफ्नो उपस्थिति पनि रहोस भन्ने चाहना पनि हुदोँरहेछ । तर नेपालको प्रकाशक हुनाले नेपालमा पनि यसै साता भव्य रुपमा विमोचन हुनेछ ।
नेपालका पाठकले द होप कसरि पढ्न पाउछन् ?
नेपालमा पढ्नको लागी अव सजीलो छ । यसै साताबाट नयाँ संस्करण बजारमा ल्याइदै छ । पहिलो संस्करण सबै बिक्रि भयोे । यो नेपाली भाषामा लेखिएको पुस्तक हो तसर्थ मेरो मुख्य बजार नेपाल नै हो । विभिन्न पुस्तक प्रदर्शनीहरुमा पनि निम्तो आएको छ । नेपालकै सफल प्रकाशक डिकुरा पब्लिकेशनले यसको बिक्रिवितरण गरेको छ । अव छिटै अनलाइन वितरकहरु मार्फत पनि प्राप्त गर्न सकिने छ ।
बिदेशमा नेपाली किताबको बजार कस्तो छ ?
विदेशमा नेपाली किताबको बजार अहिले धेरै फराकीलो भएको छ । एनआरएन अभियान मार्फत नेपाली गोलबद्ध हुदै जानुले हामीलाइ सजीलो भएको छ अर्काेकुरा सामाजीक संजाल र अनलाइनहरुको कारणे प्रचारप्रसार र बितरणलाइ पनि सहज बनाइदिएएको छ । साथै डायस्पोराको बारेमा लेखिएका कृति, जीवा लामिछाने, निलम कार्की निहारिका जस्ता डायस्पोराका लेखकहरुको कारण पनि नेपाली किताबप्रति बिदेशमा आकर्षण बढ्दो छ । तर हामीले अब विदेशीले पनि पढ्ने गरि लेख्न सक्नुपर्छ ।
अरु किताब पनि लेख्दै हुनुहुन्छ ?
लेखन मेरो पेशा होइन तर पत्रकारिताको विद्यार्थीको नाताले पुस्तक प्रकाशनमा रुचि हुनु सामान्य नै हो । अहिले “मोमेन्टस विथ मेसी” नामक पुस्तक लेखनमा व्यस्त छु, छिटै नै सार्वजनिक हुनेछ । यो मेरो ड्मि प्रोजेक्ट पनि हो । स्पेन र अमेरिकामा लियोनेल मेसिसंग मैले विताएको क्षणहरु र बार्सीलोना क्लवको डकुमेन्टि निर्माण गर्दाको रोचक अनुभवहरु यसमा समाबेश हुनेछन् । यो किताब अंग्रेजी, स्पेनिस, पोर्चुगीज र नेपाली गरि ४ भाषामा हुनेछ ।
द होपबाट प्राप्त प्रतिकृयाले पनि म उत्साहित छु । अब बर्षमा कम्तिमा एउटा किताब लेख्नेछु ।
पत्रकारिता र पुस्तक लेखनका अलावा विश्यात फूटबलर लियोनेल मेसिको डकुमेन्ट्री समेत बनाउनु भयो, यति धेरै विधामा जम्न कसरि सम्भव भयो ?
यो सबै रुचि र लगनमा भरपर्ने कुराहरु रहेछ्न् विनोद जी, म आफुलाइ जमेकै त मान्दिन बरु आज पनि सिक्दैछु । हामी एउटा काम गरिरहँदा अर्काेकाम पनि ट्इ गर्न डराउनु हुन्न, सकिन्छ ।पत्रकारिता मेरो जीवनकै लक्ष्य थियो बाकिँ सबै यसैले जम्माइदियो । लियोको डकुमेन्ट्री चाहीँ मेरो जीवनकै एक उत्कृष्ट कार्य हो । मैले त्यसको लागी ४ बर्ष कठोर मेहनत गरेको थिएँ । जब बार्सीलोना फूटबल क्लवले “तपाइ हामीले आमन्त्रण गरेको एशियाकै पहिलो डकुमेन्ट्री मेकर हो भनेर सम्मान पत्र दियो तब मेरो मेहनतको फल पाएँ ।”
तपाइ चाहिँ कस्तो किताब बढि पढ्नु हुन्छ ?
म मुख्य गरि अन्तराष्टिय अर्थराजनीति, इतिहास, बायोग्राफी र साहित्यका किताबहरु धेरै पढ्ने गर्दछु । ड्र्मि फ्रम माइ फादर, लियोनेल मेसि र स्टिल रिडिगं एसआरके, द काइट रनर मेरो फेवरेट बुकहरु हुन् ।
अध्ययानमा रुचि बढाउने केहि टिप्स दिनुहुन्छ कि ?
त्यस्तो विशेष केहि त मलाइ थाहा छैन तर बानि बसाल्नको लागी तपाइको जीवनका जे कुराम बढि रुचि छ र तपाइ जे बन्न चाहनुहुन्छ त्यसै विषयका किताबहरु पढ्ने गर्नुहोस, बानि चाहिँ बस्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *