२०८१ वैशाख १४ गते | 26th of April 2024

यस्ता छन, गौरी जोशीको साथ चुनावी रथ हांक्ने सारथीहरु

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २ गते २१:४९

टेक्सास,अमेरिका,जुलाई १६ | एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि चुनावी मैदानमा होमिएका युवा व्यवसायी गौरी जोशीले आफ्नो नेतृत्वका सबै उम्मेदवारहरुको सूची सार्वजनिक गरेका छन् | जोशी अध्यक्षका प्रत्यासी हुन् | निवर्तमान कार्य समितिका अध्यक्ष मातहत रहेका एक वरिष्ठ उपाध्यक्ष सहितका दुई उपाध्यक्षले आफ्नै अध्यक्षलाई चुनौती दिदैं मैदानमा उत्रिएको बेला जोशी अन्य प्रतिष्पर्धीभन्दा सशक्त देखिएका छन् | अन्य उम्मेदवार सबैका लागि अहिले कडा टक्कर दिएर जोशी आफ्नो नेतृत्वको टीमलाई मैदानमा लिएर उत्रिएका हुन् | जोशीको नेतृत्वलाई अमेरिकी नेपाली समाजका बहुल संघ,संस्थाको नेतृत्व गर्ने व्यक्तिहरुको समर्थन रहेको छ | जोशीले सार्वजनिक गरेको आफ्नो समर्थनका उम्मेदवारहरु सबै क्षेत्रका प्रतिनिधित्व गर्ने,अमेरिकी नेपाली डायस्पोरामा क्रियाशील रही विभिन्न संघ,संगठनको नेतृत्व गरिसकेका सामाजिक रुपमा परिचित र गतिशील टीम रहेको छ | यसैगरी जोशीको यो टीममा हाल रहेका एनआरएन च्याप्टरमध्ये सबैभन्दा बढी सदस्य भएका च्याप्टर सभापतिहरु समेत समेटिएका छन् | जुन पक्ष जोशीका लागि अत्यन्त सकारात्मक हो | दोश्रो कार्यकालका लागि नेतृत्व लिन अग्रसर भएका अर्का उम्मेदवार डाक्टर केशब पौडेललाई आफ्नैले दिएको यो चुनौती नै जोशीका लागि सकारात्मक भएको टिप्पणी गर्छन् नर्थ क्यारोलिनाका बिनोद भट्ट | उनी प्रश्न गर्छन्,-‘आफ्नो नेतृत्वको कार्यसमितिका ४ मध्ये ३ जना उपसभापतिहरुले आफैं विरुद्ध उमेदवारी दिनु,आफ्नै मातहतका अधिकांश च्याप्टर नेतृत्वले संगठनको मर्म बुझ्न नसकेको नेतृत्व भनि आलोचना गर्दै चुनावी मैदानमा उत्रनु जस्ता उदाहरण नै प्रशस्त छैन र दोहोर्याउन चाहनेलाई दिइरहेको खुला चुनौती ? अनि फेरि केका लागि हो यो दोहोर्याउने भनेको ?’
को को छन् जोशीको टीममा ?
अध्यक्षका सशक्त प्रत्यासी गौरी जोशीले समावेशी,केही गर्ने सक्ने सवल र गतिशील नेतृत्वका प्रतिनिधि उम्मेदवारहरु समेटेका छन् | अधिकांश संघ,संगठनको नेतृत्वको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका र नेपाली डायस्पोराका समस्याहरुलाई सम्बोधन गर्दै समाधानका उपाय निकाल्दै अघि बढेका अनुभवी उम्मेदवारहरु जोशीको टीममा देखिएका छन् | जसलाई एनआरएन अमेरिकाका शुभ चिन्तकहरुले समावेशी,समाज बुझेको र सबैले अपनत्व महसुस गर्न सक्ने अध्यक्षका साझा प्रत्यासी गौरी जोशी र उनको टीम नै देखियो भने चर्चा गरेका छन् | ‘अरु सबै एकै नेतृत्वका फरक पात्र हुन् | हिजो एनआरएनले गरेका गल्ती,कमजोरी र अन्य संघ,संस्थाप्रतिको अपमानको हिस्सेदार सोही नेतृत्वका सबै हुन् | त्यसैले तिनै मध्ये एकलाई फेरि नेतृत्वमा पु-याउनु भनेको एनआरएनलाई कमजोर बनाउनु हो | अब हामीले त्यो गल्ती गर्नु हुन्न भनेर नै यसपटक गौरी जोशी र उनको टीमलाई सहयोग गर्न सबैलाई अनुरोध गरेका हौँ’ जोशी पक्षधर उपाध्यक्षका उम्मेदवार संजीव श्रेष्ठले भने |
गौरी जोशीले आफ्नो सामाजिक सञ्जाल फेसवुक वालमार्फत सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा वरिष्ठ उपाध्यक्षमा तेम्बा शेर्पा (न्यूयोर्क) ,उपाध्यक्षहरुमा उमा कार्की ( क्यालिफोर्निया),सञ्जीव श्रेष्ठ (न्यूजर्सी),भुवन आचार्य (टेक्सास) र पुरुषोत्तम वोहोरा (केन्टकी) रहेका छन् | यसैगरी महासचिवमा पूर्ण वानिया (क्यालिफोर्निया), सचिवमा रेवतीराज अधिकारी (नर्थ क्यारोलिना),कोषाध्यक्षमा सतेन्द्र शाह (न्यूयोर्क),युवा संयोजकमा स्वराज खाती (न्यूयोर्क) र महिला संयोजकमा लक्ष्मी खरेल थापा (क्यालिफोर्निया) रहेका छन् ।
यसैगरी बोर्ड अफ डाइरेक्टरहरुमा संजय थापा,विष्णु शाह,तृष्णा शर्मा,थलराज पन्त, प्रितीसागर खत्री,शशी अधिकारी,अमृत कट्टेल,कृष्ण जीसी,गुन्जना पाण्डे र सुरज घिमिरे छन् |
यही टीमले गौरी जोशीको नेतृत्वका लागि चुनावी रथ हाँक्दैछ | अध्यक्षका सशक्त प्रत्यासी जोशीले सामुहिक नेतृत्वलाई निर्वाचित गर्ने अठोटसहित एनआरएनएलाई सम्मानित संस्थाको रुपमा विकास गर्ने अभियानमा आफू केन्द्रीत भएको बताएका छन् |’एनआरएनएलाई सबैले अपनत्व महसुस गर्न सक्ने र दुःख सुख साट्ने साझा चौतारीको रुपमा स्थापना गर्न म लागिपरेको छु’ जोशीले भने |

Leave a Reply

Your email address will not be published. Required fields are marked *