२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

यात्रुबहाक बस दुर्घटना हुदा २ जनाको मृत्यु ४० जना घाइते

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २० गते १६:२९

अर्घाखाँची २० असोज । अर्धाखाँची जिल्लाको मालारामीमा यात्रुबहाक बस दुर्घटना हुदा २ जनाको मृत्यु हुनुका साथै करिव ४० जना घाइते भएका छन् । अर्घातोषको डाँडाकेटरीबाट वुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्वरको वस दुर्घटना हुँदा मालारानी ३ खनहदका ९ वर्षिय अभियान आचार्य र गुल्मी धुरकोट वडा १ की ३५ वर्षिया सुन्तली विकको निधन भएको हो।

घाइते मध्ये १० को अवस्था गम्भीर छ । मालारमनी २ का २१ वर्षिय उमेश कुवँर, मालारानी २ कै भानुभक्त आचार्य, मालारमनी ३ की ३४ वर्षिया इन्दिरा आचार्य, रुपन्देही शंकर नगरकी ६७ वर्षिया भद्रकला भट्टराई, मालारानी २ का २० वर्षिय कृष्ण कुवँर, सन्धिखर्क ११ का ५० वर्षिया गोमा वस्याल, सन्धिखर्क ११ कै ५२ वर्षिया शान्ता भुसाल, गुल्मी पुर्कोटदहका सोभे सार्की र मालारानी गाउँपालिकाका ३८ वर्षिय यमकला भुसाल रहेको प्रहरीले जनाएको छ । गाडी चालक गोकुल विक भने सकुशल रहेका छन्।

३५ सिट क्षमताको बसमा ७० जना यात्रु सवार रहेका थिए । गाडी समधर ठाउँमा दुर्घटना भएको हो । गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको लगिएको छ । अत्यधिक यात्रुको चाप र ड्राइभरको लापरवाहीका कारण दुर्घटना भएको गाडीमा सवार यात्रुहरुको भनाइ छ । सामान्य घाइते ३५ जनालाई वुटवल रेफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']