२०८१ वैशाख ६ गते | 18th of April 2024

युरोपेली संसदद्वारा म्यानमारमा भएको हिंसाको आलोचना

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २९ गते १७:२२

 

 

ब्रसेल्स, २९ भदौ । युरोपेली संसदले म्यानमारमा रोहिङ्गा मुसलमान समुदाय विरुद्ध भइरहेको हिंसा तत्काल अन्त्य गर्न म्यानमारको सेनासँग बिहीबार माग गरेको छ ।

रोहिङ्गा समुदायका झण्डै तीन लाख ८० हजार जना बङ्गलादेशमा विस्थापित हुनु पर्ने जस्तो संकटपूर्ण अवस्थाको अन्त्यका लागि दवाव दिन युरोपेली संसदले अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरेको छ ।

म्यानमारमा गएको अगष्त २५ देखि रोहिङ्गा मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा झडप सुरु भएको थियो । त्यसयता विवाद चर्किँदै गएपछि अल्पसंख्यक मुसलमानहरुले देशको सिमा नाघेर विस्थापित हुनु परेको हो ।

युरोपेली सांसदहरूले भनेका छन्, “म्यानमारको सेना र सुरक्षाकर्मीहरूका कारण धेरै जनाको मृत्यु भएको, कतिपय घरबारविहीन भएको, बलात्कारका घटनाहरु भएको र घरहरुमा आगलागी भएको छ ।”

युरोपेली सङ्घले मानवअधिकार उलंघनका यस्ता घटनालाई म्यानमारले तत्काल अन्त्य नगरेमा त्यसका विरुद्धमा उभिने विषयमा पनि स्पष्ट हुनु पर्ने तर्क गरेका छन् ।

म्यानमारको राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् ।

विस्थापितहरुलाई खाद्य पदार्थ, पानी, आवास र औषधि उपचारसमेत उपलब्ध नरहेको समाचारहरुमा जनाइको छ । जसका कारण म्यानमारमा ठूलो राजनीतिक तनाव पनि सुरु भएको छ भने विश्वव्यापीरुपमा म्यानमारको सत्ता पक्षको आलोचना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *