२०८१ वैशाख १५ गते | 27th of April 2024

युवा संयोजक स्वराज खातीको उम्मेद्वारी र प्रतिबद्धताहरु :

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ९ गते २३:५९

एनआरएन अमेरिकाको निर्वाचन नजिकिदैं गर्दा युवा संयोजक पदका लागि स्वराज खातीले उक्त पदमा उम्मेद्वारी घोषणा गरेका छन । ‘युवा शक्तिको निर्माण, एनआरएनको पहिचान’ भन्ने नारा लिएर चुनावी मैदानमा आएका खातीले असल दिशामा एनआरएनलाई डोर्याउन युवा  समाबेशिताको लागि आफुलाई आसन्न निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन ।

आदरणीय गैर आवसिय नेपाली महानुभावहरू एवम् पिएनओ मित्रहरू(समकक्षी मित्रहरू),
एनआरएन – एनसिसिको युवा संयोजकका हैषियतमा रहेर अमेरिकामा बसोबास गर्दै आइरहेका युवाहरूलाई एकृकित, संगठीत एवम् सशक्तिकरण गरि आफ्ना महत्त्वपूर्ण मुद्दाहरूमा आवाज उठाउन सक्षमता प्रदान गर्दै नेतृत्त्व विकासको माध्यमबाट सुदृढ युवा मञ्च, उन्नत नेपाली समाजको विकास तथा मातृभूमि नेपाललाई समुन्नत बनाउने प्रयास सुद्रिधिकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेको छ। नेतृत्त्व तहमा युवा सहभागीता युवाको आफ्नै छनोट हुनुपर्दछ साथ-साथै युवा उपस्थितिलाई प्रतिस्पर्धिका रूपमा मात्र नभई निर्णयात्मक तहमा प्रभाव जमाउन सक्ने क्षमता भएको हुनुपर्दछ भन्ने मेरो मान्यता रहिआएको छ।

अवधारणा एवम् प्राथमिकाताहरू:
युवा वर्गलाई व्यक्तिगत, सामाजिक एवम् व्यवस्थागत तहमा अत्यावश्यक दक्षता हासिल गर्न प्रोत्साहित गरी उत्पादनमूलक एवम् सामाजिक क्षेत्रमा तिनको सीपको प्रवर्द्धनको लागि नेतृत्व प्रदान गर्ने।
युवा लक्षित संघ संस्थाहरूसँग बलियो सद्भाव स्थापना गर्दै सहकार्यका साथै सहयोग आदन-प्रदान प्रणालीलाई व्यवस्थित गर्ने ।
एनआरएनए र यससंग सम्बन्धित अन्य निकायहरुमा युवाहरूको उपस्थितिका लागि आवाज उठाउनेका साथै वातावरण तयार पार्ने।
अमेरिकामा नै जन्म भएका दोस्रो पुस्ताका नेपाली बालबालिकामा नेपाली भाषा, समाजिक एवम् सांस्कृतिक मूल्य र मान्यता प्रति अभिरुचि स्थापना गर्दै उनीहरुमा नेपालीपन अविचलित राख्ने।
अमेरिकामा रहेका युवाहरूको वौद्धिक पूँजीलाई एकताबद्ध गराई यहाँ रहेका डायस्पोरा नेपाली एवम् नेपालमै रहेका नेपालीहरूको आर्थिक – सामाजिक पक्ष सुदृढिकरण गर्ने।

योजना तथा कार्यान्वयन:
“एनआरएन-एनसिसि-युवा-फोरम”लाई वैधानिकता दिलाउँदै यसको स्वरुप, कार्यसम्पादन एनआरएन-एनसिसिको विधान मुताविक गर्ने गराउनेका साथै सहकार्य गर्ने।
“विद्यार्थी कल्याण कोस” को थालनी गरि नेपाली मूलका विद्यार्थीहरूको सैछिक यात्रामा सहचारी बन्ने।
अमेरिकाका विभिन्न राज्यका कलेज क्षेत्र एवम् सहरहरूमा “एनआरएन युवा विशेष दूत” नियुक्त गरी त्यहाँको समुदायबाट एनआरएन- युवा प्रतिनिधिको भूमिका निर्वाह गर्दै युवा सञ्जालको विकासको नेतृत्त्व लिई स्थानिय स्तरका कार्यक्रमका योजना निर्माण, युवाहरूका आवश्यकता पहिचान एवम् एनसिसि सँग समन्वय गर्दै युवाका मुद्दाहरू सम्बोधन गराउनुका साथै उनीहरूमा एनआरएनए अभियानका बारेमा विशेष चेतना जगाउने/फैलाउने।
खेलकुद प्रतियोगिता, विभिन्न अतिरिक्त क्रियाकलाप जस्ता वृत्ति विकासका कार्यक्रमहरूको आयोजना गरी/गराई नेपाली मूलका बालबालिका एवम् युवाहरूलाई आफ्नो दक्षता पहिचानमा मद्दत पुऱ्याउँदै सामाजिक कार्यमा पनि संलग्न गराउने।
अमेरिकामा रहेका वौद्धिक वर्गमा निहित क्षमता, विचार र सिर्जनशीलतालाई घनिभूत गराई नेपालमा कार्यान्वयन गर्न सकिने दिगो आयोजना, सामाजिक उद्यामशीलता र अभिनव कार्यहरूको संयोजनका माध्यमबाट लगानीकर्ता एवम् सहयोगकर्ता सँग व्यावसायिक सिप विकास र सहकार्य गर्ने।
अमेरिकामा रहेका नेपालीमा निहित ब्यवसायिक तथा सिर्जनशील क्षमतालाई पहिचान गरि त्यसमा उचित परिमार्जन गरि नेपालमा कार्यान्वयन गर्न सकिने दिगो आयोजनाको रुपमा बिकाश गर्न लगानीकर्ता एवम् सहयोगकर्ता सँग व्यावसायिक सिप विकास र सहकार्य गर्ने।
युवा कार्यशाला एवम् गोष्ठीहरूको आयोजनाका माध्यमबाट विद्यार्थी, प्राज्ञ, सोधकर्ता, व्यवसायी, उद्यमी साथै वौद्धिक व्यक्तित्वहरू बीच प्रस्तुतिकरण, अन्तर्क्रियाका साथै नेपाल सम्बद्ध विचार, धारणा र विभिन्न मुद्दाहरूमा छलफलका माध्यमबाट सम्बन्ध विस्तार गरी/गराई विभिन्न समूहद्वारा नेपालमा कार्यसम्पादन गर्न सहकार्य एवम् नीति निर्माणमा उत्पादनमूलक भूमिका खेल्दै निश्चित लक्ष्य हासिल गर्न मद्दत गर्ने।
अमेरिकाका विभिन्न विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थी संगठनहरूको लगत संकलन गरी तिनीहरूलाई पनि सामाजिक सञ्जाल एवम् संस्थागत स्थानका माध्यमबाट जोड्दै सञ्चालनार्थ आवश्यक स्रोत उपलब्ध गराई मद्दत गर्नुका साथै विद्यार्थीहरू सँग प्रतक्ष्य सरोकार राख्ने मुद्दाको पहिचान एवम् सामना गर्न सञ्जालका मार्फत सामुहिक प्रयास गर्ने।

यदि यो विशेष अवसर मलाई प्राप्त भएको खण्डमा, मलाई विश्वास छ कि म एनआरएन-एनसिसि-युएसएलाई एकता सुत्रमा बाँधी एनआरएनए युवाहरूको सरोकारका विषयलाई व्यवस्थित गर्दै अमेरिकाभरि छरिएर रहेका नेपाली युवा शक्तिको प्रभावकारी परिचालन तथा सामूहिक प्रयासको अवधारणालाई अझ सबल र समुन्नत बनाएर युवा सञ्जालका माध्यमबाट समग्र नेपाल र अमेरिकी नेपाली डायस्पोराका हितमा कार्य गर्न सक्नेछु। म यो प्रतिबद्धता जाहेर गर्दछु कि एनआरएन युवाका अमेरिकाभरि स्थापित च्याप्टरहरू, यसका ६० भन्दा बढि मुलुकमा स्थापित शाखाहरु र आइसिसि बीच सुमधुर सम्बन्धका साथै समन्वय स्थापित गराई अग्रगामी छलाङका साथ आमुल परिवर्तन गर्नेछु।

यसका लागि यहाँहरूको अमूल्य साथ, सहयोग पाउने दृढ आशा राखेको छु। यहाँहरूको विश्वासले मलाई मेरा सङ्कल्प र वाचाहरूमा स्थापित भइ कार्यक्षेत्रमा अनवरत लाग्ने प्रेरणा प्रदान गर्नेछ।

यहाँँहरूको विश्वासलाई उच्च सम्मान गर्दै
स्वराज खाती
उम्मेदवार (युवा संयोजक)
एनआरएन-एनसिसि युएसए
डल्लास , टेक्सास
[email protected] | फोन: ३१८-४९७-३४६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *