२०८१ वैशाख १३ गते | 25th of April 2024

रविन बज्राचार्यद्दारा एनआरएनको सचिव पदमा उम्मेद्वारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १९ गते ५:०९

न्यूयोर्क । न्यूयोर्क निवासी एनआरएनका सकृय अभियान्ता रविन बज्राचार्य आफु आसन्न एनआरएन केन्द्रिय निर्वाचनका लागि सचिव पदमा उम्मेद्वारी दिने बताएका छन । एनआरएन, एनसिसी अमेरिकाको गतिबिधिमा बिबिध प्रकारबाट सकृय चर्चित एनारएनकर्मीले एनआरएनमा आफ्नो अभियान केन्द्रिय रुपमा उठान गर्नाका सचिव पदमा उम्मेद्वारी दिएको बताएका छन ।

एनआरएन अमेरिकाको पछिल्लो निर्वाचनमा क्रमश: सह-कोषाध्यक्ष र कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएर पराजित भएका बज्राचार्य एनआरएनका बिगतका निर्वाचनमा ‘निर्वाचन अनियमितता’ एवम ‘जाली मतसंख्या’का आरोप लगाउंदै अदालत पुग्ने र एनआरएन अमेरिकाका उनलाई चित्त नबुझेका बिबिध गतिबिधिहरुलाई सार्वाजनिक चासोका बिषय बनाएर गर्ने प्रचार र प्रहारका कारण चर्चित छन । एनआरएनको कानुन, स्पष्टता र सकृयातामा गहिरो चासो राख्ने स्पस्टवक्ता बज्राचार्य आफुले यी गतिबिधिलाई अब एनआरएन आईसिसीमार्फत उजागर गर्ने बताउंछन ।

यसै मध्य अक्टोबरमा हुने आठौं एनआरएन विश्व सम्मेलनमा आफ्ना विचार र एजेन्डाहरुलाई प्रश्ट्याउन केन्द्रिय सचिव पदमा लडेको बज्राचार्य बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *