२०८१ वैशाख ६ गते | 18th of April 2024

रसुवागढीबाट २ अर्ब ९० करोड ६९ लाख बराबरको सामान आयात

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २५ गते २:२५

नेपाल र चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको उत्तरी नाका रसुवागढीबाट दसैं सकिएसँगै सामान बोकेका गाडीको आवतजावत बढेको छ। काठमाडौँबाट एक सय ५२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाकाबाट हुने व्यापारिक कारोबारसमेत बढेको छ।

चिनियाँ सामान आयातका लागि धमाधम ट्रक÷कन्टेनर केरुङ जान थालेका छन्। केरुङबाट सामान बोकेर नेपालतर्फ दैनिक ४० थान कन्टेनर आइरहेका छन्। दसैँयता सामान लिन चार सय थान ट्रक÷कन्टेनर केरुङका लागि हिँडिसकेको र ८० थान ट्रक÷कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको जनाइएको छ। साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालवाहक ट्रक÷कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेका छन्।

चीनबाट रसुवागढी नाका हुँदै नेपालतर्फ स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामग्री, ऊनीका कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायत सामग्री आयात हुने गरेको टिमुरेस्थित रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ। चीनतर्फ भने हस्तकलाका सामान, चाउचाउ, खुर्सानी, मैदा निर्यात भएका छ।

रसुवागढी नाकाबाट चालू आर्थिक वर्षमा तीन अर्ब रुपैयाँबराबरको सामान आयात भएको छ। चालू आवको असोजको तेस्रो सातासम्ममा दुई अर्ब ९० करोड ६९ लाख ६९ हजार रुपैयाँबराबरको सामान आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ९२ करोड ३९ लाख ५९ हजार रुपैयाँबराबरको सामान आयात भएको रसुवागढी भन्सार कार्यालयले जानकारी दिएको छ।

रसुवागढी नाकाबाट बर्सेनि सामान आयात हुने क्रम बढ्दै गएको छ। भन्सारले चालू आवको असोजको तेस्रो सातासम्ममा ६१ करोड ५० लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ। नाकाबाट विशेषगरी तयारी कपडा, स्याउ, जुत्ता, चप्पल, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायत वस्तु आयात हुँदै आएका छन्। आजको अन्नपुर्ण पोस्टमा खबर छ /

Leave a Reply

Your email address will not be published. Required fields are marked *