२०८१ वैशाख ७ गते | 19th of April 2024

राजपामा प्रवेश गरेको भोलिपल्टै कांग्रेसमा प्रवेश

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २५ गते १४:३१

सप्तरी २५ असोज, । वडाअध्यक्ष पदमा निर्वाचित भएका वडा अध्यक्ष राजपामा प्रवेश गरेको २४ घण्टा नवित्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन । स्थानीय तहको निर्वाचनमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बहादुर सदा मंगलबार राजपामा प्रवेश गरेका थिए । बुधबार उनी कांग्रेस भएका छन् ।

उनले भनेका छन्, राजपाका नेता अनिल रायले आफूलाई झुक्कयाएर पार्टी प्रवेश गराएका थिए । राजपामा प्रवेश गर्न आफ्नो मन नमानेका कारण कांग्रेसमा प्रवेश गरेको उनले बताएका छन् ।

कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले सदालाई माला अविर लगाई पार्टी प्रवेश गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *