२०८१ वैशाख १२ गते | 24th of April 2024

‘राष्ट्रिय एकताका आधारमा वाम ध्रुवीकरण’

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २७ गते १५:२४

 

काठमाडौं, २७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता र स्वाधीनताका लागि वाम ध्रुवीकरण हुन लागेको बताएका छन ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पूर्वराज्यमन्त्री एवं राजपाका केन्द्रीय सदस्य खोवारी रायसहितका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै नेता प्रचण्डले नेकपा एमालेसहित वाम एकताको प्रयास राष्ट्रिय एकता, स्वाधीनता र जनताको अधिकारका पक्षमा रहेको बताउनुभयो । उनले भने, “हामी हिमाल, पहाड र तराई–मधेशमा बस्ने सबै जनताको पहिचान र अधिकारका पक्षमा रहेका छौँ । संविधानलाई संशोधन र परिमार्जन गर्दै सबैका अधिकार समेट्न पनि एमालेसँग हाम्रो सहमति छ ।”
कार्यक्रममा पूर्वसांसद रासनारायण राय, पूर्वगाविस अध्यक्ष एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजदेवी सहनी, पूर्वगाविस अध्यक्ष तथा राजपाका केन्द्रीय सदस्य किशोरीप्रसाद यादवलगायत १२ नेता माओवादी केन्द्रमा प्रवेश गरे ।
शुक्रबार नै नेपाली जनप्रगतिशील मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपाली संघ एनआरएनको महत्वपूर्ण भूमिका हुने बताए । देश संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको र संविधानको कार्यान्वयनसँगै नेपालको आर्थिक, सामाजिक विकासमा एनआरएनले सहयोग गर्नुपर्ने उनको भनाइ छ । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *