२०८१ वैशाख १४ गते | 26th of April 2024

लस एन्जलसबाट रामबाबु पाण्डेद्दारा एनआरएन, क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख १५ गते २०:३६

डोल्मा लामा
लस एन्जलस, अमेरिका ।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका (NRNA NCC USA) को चुनावी सरगर्मी बढ्दै गईरहेको बखत स्थानिय लस एन्जलस क्षेत्रबाट एनसीसी र च्याप्टरका बिभिन्न पदका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम चलेको छ । सदस्यता छानबिन क्रममै रहेको बखत सामाजिक संजालहरुमा देखिएका आरोप प्रत्यारोपहरुका बाबजुद उम्मेद्वारहरु आन्तरिक रुपमा चुनावी जोड घटाऊमा लागेका छन ।

यसैबिच लसएन्जलसबाट रामबाबु पाण्डेले एनआरएन, अमेरिकाको क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । बर्तमान च्याप्टर कार्यसमितिमा लसएन्जलसबाट च्याप्टरको उपाध्यक्षमा प्रतिनिधित्व गर्नुहुने पाण्डे यस क्षेत्रमा रहेर धेरै सामाजिक संघ-संस्थाहरुमा आबद्ध रही सामाजिक कार्यहरुमा आफुलाई अगाडी बढाईरहनुभएको छ । लामी समयदेखी ब्यापार ब्यवसायलाई अंगाल्दै आउनुभएका पाण्डेले लस एन्जलस, यस क्षेत्र वरपर मात्रा नभई सामुदायिक सेवकआ लागि चारैतिर हातेमालो गर्नुभएको प्रशस्त उदाहरणहरु छन ।
एनआरएनलाई प्रत्यक प्रवासीहरुको हितमा बोल्ने साझा संस्थाको रुपमा विकास गराउन आफ्नो भुमिका हुने दावी समेत गर्दै पाण्डेले आगामी च्याप्टर निर्वाचनमा आफुलाई अध्यक्ष पदमा सहयोग गर्नुहुन सबैमा अनुरोध गर्नुभएको छ ।

लस एन्जलस क्षेत्रको सामाजिक रुपमा ‘दानी र सहयोगी’ भनि चिनिनुभएका पाण्डे लस एन्जजलसमा निर्माणाधिन श्रीपशुपति फाउण्डेशनमा आर्थिक योगदान गर्नुहुने ‘मुख्य दानबिर’ हरुमा पर्नुहुन्छ । शालिन, कम बोल्ने र सहयोगी भावनाका पाण्डे च्याप्टर मार्फत मजबुत एनआरएन बनाउन आफु एनआरएन, अमेरिकाको क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको दोहोर्याउनुहुन्छ ।

एनआरएनए अमेरिकामा दीर्घकालिन ढंगले केही नयाँ काम गरेर अघि वढ्न र विशेषत : अबको एनआरएनलाई सकारात्मक ढंगले दीर्घकालीन सोचका साथ प्रवासीहरुको मुल संस्थाको रुपमा विकास गर्नु प्रमुख आवश्यकता ठान्दै पाण्डेले आफु आफ्नो क्षेत्रबाट सशक्त रुपमा लाग्ने प्रतिबध्दता व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *