२०८१ वैशाख ७ गते | 19th of April 2024

लस एन्जलसमा महानन्द सापकोटा जयन्ती सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ असार १४ गते ०:५४

लस एन्जलस । लस एन्जलसमा वरिष्ठ भाषाविद्, कवि तथा साहित्यकार माहानन्द सापकोटाको ११८ औँ जन्मजयन्ती समारोह सम्पन्न भएको छ । सोही अवसरमा अनेसास लस एन्जलस च्याप्टरको मासिक साहित्य श्रृंखला काब्य गोष्ठी पनि सम्पन्न गरियो ।

अनेसास एल ए च्याप्टरका अध्यक्ष डन कार्कीको सभापतित्वमा रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका महासचिव प्रकाश चन्द्र घिमिरेले गरेका थिए । वरिष्ठ कवि महानन्द सापकोटाको जीबनी माथि संक्षिप्त प्रकाश पार्दै आफ्नो कविता वाचन गरेका थिए प्रमुख अतिथिमा आसिन अनेसासका कोषाध्यक्ष शन्तिराम ढकालले । हिन्दु धर्मबिद् तथा नेपालका रेडियो तथा टेलिभिजनका पूर्व धार्मिक कार्यक्रम प्रस्तोता पुरुश्वत्तम सापकोटा र संस्थाकी उपाध्यक्ष सुशिला पाण्डे द्वारा सुमधुर लयमा रचनाहरू प्रस्तुत गरिएका थिए ।Displaying IMG_0131.JPG

वयोवृद्ध कवि चुडाबसन्त लम्सालद्वारा नेपालका चार महत्त्वपूर्ण कुराहरूको वर्णन गरिएको कुशल रचना वाचन गरिएको थियो भने राम लामाले प्रेम रसले भरिएको कविता वाचन गरेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष तिलक कार्कीले चेली बियोगको भाबपूर्ण रचना वाचन गरेका थिए भने महासचिव प्रकाश चन्द्र घिमिरेले आफ्नो मातृभूमिको दु:खाईलाई कुशल तरिकाले लेखिएको कविता वाचन गरेका थिए ।

Displaying IMG_0132.JPG

पहिलो पटक सहभागी कवियत्री रिता पौडेल निरौलाको मिठो कविता वाचनले सहभागी साहित्य प्रेमी श्रोताहरुको मन जितेको थियो ।Displaying IMG_0133.JPG

आफ्नो ब्यस्तताका बाबजुद कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण स्रष्टा तथा श्रोताहरुलाई समारोहका सभापति डन कार्कीले धन्यवाद व्यक्त गर्दै कार्यक्रम बिसर्जन भएको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *