२०८१ वैशाख ८ गते | 20th of April 2024

लस एन्जलसमा यसपालीको देउसी

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ३ गते २२:१०

गोकुल ढकाल
लस एन्जलस, अमेरिका ।

बिगत बर्षहरु जस्तै यसपाली पनि ग्रेटर लस एन्जलस क्षेत्रमा दिपावलीको अवसर पारेर देउसी कार्यक्रम सम्पन्न भएको छ । श्रीपशुपतिनाथ फाउन्डेशन, युएसए, लस एन्जलसको आयोजनामा सम्पन्न भएको देउसी कार्यक्रम – २०१७ मा बिभिन्न संघ-संस्थाका पदाधिकारीहरु तथा लस एन्जलस क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायका सदस्यहरुको सहभागीता रहेको थियो ।

अन्तरराष्ट्रिय साहित्य समाज, लस एन्जलस च्याप्टरका सभापती तथा फाउन्डेशनका सदस्य डन-तुलसा कार्कीको आयोजनामा स्थानिय आर्टेसिया नगरमा अवस्थित उहांहरुकै निवासमा आयोजित कार्यक्रममा करिब ४,००० (चार हजार) डलर रकम संकलन भएको छ । लस एन्जलस क्षेत्रमा मन्दिर स्थापना गरिसकी उद्घाटनको अन्तिम संघारमा रहेको फाउन्डेशनको सहयोगार्थ आयोजित कार्यक्रम बिबिध कारणले यस पटक चाँहीं कार्की निवासमा मात्र आयोजना गरेर समापन भएको छ ।Image may contain: 5 people, people standing and indoor

मदन त्रिपाठी, शुशिला पाण्डे, प्रकाश पाण्डे, गोकुल ढकाल लगायत स्थानियहरुद्दारा गाईएको देउसीमा सिर्जना भन्डारीले आफ्नो नाच प्रस्तुत गर्नुभएको थियो । अमित लुइंटेलको सांगितिक ब्यबस्थापनमा सम्पन्न कार्यक्रमको संचालन फाउन्डेशनका सचिव रामेश्वर भन्डारीले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष भक्त थापा र महावाणिज्यदुत ॠषि ढकालले देउसी कार्यक्रमलाई बिबिध तवरले सहयोग गर्नुहुनेहरुलाई संयुक्त रुपमा प्रशंशा-पत्र प्रदान गराउनुभएको थियो ।Image may contain: 7 people, people smiling, people standing

Image may contain: 6 people, people standing

Image may contain: 8 people, people smiling, people eating and people standing

किन आउंदैनन मान्छे ?

यात्रा गर्दा टन्टलापुर घाममा पाईने चौतारी र प्रवासमा पसिना बगाएर बचेँको समयमा भरसक चाड पर्वमा सबैजना एउटै सामुदायिक छानोमा भेट हुनुको महत्व र आनन्द अर्कै हुन्छ । गन्तब्य एउटै भएपनी फरक फरक उद्देश्यले प्रवासमा दिनानुदिन संस्थाहरु जन्मेका छन । लस एन्जसल पनि अमेरिकामा धेरै संघ-संस्था जन्माउने ‘नेपालीहरुको थालो’मा गनिन्छ, भलै हरेक संस्थाहरुका आ-आफ्ना लाइन हुन्छन ।

लस एन्जलस क्षेत्रमा बिगत पांच-छ बर्षदेखी मनाईदै आईरहिएको बिशेष गरी देउसी कार्यक्रममा सहभागीता र चाख कम रहेको कुरो सत्य हो । तर ३२-३३ जनाको जम्बो फाउन्डेशनको कार्यक्रममा मुश्किलले ७ जना उपस्थित हुनु भनेको चाँहीं लाजमर्दो हो । भिन्न भिन्न बिचार, समय, ब्यस्तता र परिबन्दले त सबैलाई बेरेकै हुन्छ नि, र पनि ठुला ठुला अभियानका बखान गाउने र आफुलाई ‘अभियान्ता’ ठान्ने समाजले बुझेका मान्छेहरुको प्रत्यक्ष या अप्रत्यक्ष सहयोग, अांट र विश्वाशको कमिको रोगले न लस एन्जलस समाज बन्छ । न त, महान उद्देश्य लिएर जन्मेका प्रवासका अन्य संस्थाहरुले नै फड्को मार्छन् ।

छिपेका, प्रचारमा आउन नचाहने धेरै कलाकार होलान, लस एन्जलसमा । देउसी जस्ता सांस्कृतिक कार्यक्रममा तिनका सहभागीता कि त अर्थसंग जोडीएको हुन्छ कि महान प्रचारको आशामा । होईन भने ‘थोत्रो घांटीहरुले भट्टाईएका देउसी गीत, जानी नजानी भ्यात भ्यात बजेका मादल र संस्कार बचाउन भनेर सकी नसकी थाकेका हातले माधुर्यता ल्याउन बजेका थपडीहरुलाई स्यावासी दिन तयार हुनुपर्छ, यो समाज ।

ब्यक्तिहरु कसैलाई मन नपर्लान । तर संस्था र त्यो संस्थाले ठड्याएको हिन्दू र बुद्धको मुर्तीलाई धार्ने हात लागाएर के हुन्छ, के पाईन्छ ? जानेका बुझेका ‘कलाकारहरु’ मन्दिरले कुचो र गुन्द्री किन्न आयोजना गरेको कार्यक्रमबाट तनखाको आशा गर्ने । नजानेकाहरुले बलजफ्ती गाएका या बजाएका चिजहरुलाई अतिरन्जित गरेर कोही समाजसेवी हुन सक्दैनन । तिनले भोली कतै लड्ने पदमा बनाउने फ्लायरमा ‘फलानो संस्थामा यो ? गरेको’ भनेर ५० रुपैयां तिरेर ब्यानर नरंगाए हुन्छ ।

फलानाले पिएर गायो, बलजफ्ती पैसा माग्यो भन्ने जस्ता भ्रामात्मक हल्लाले पनि एउटा चाबी किन्ने पैसा दान दिन रुची भएका मान्छेहरु भड्किए । कसैले खल्ती नै च्यातेर माग्ने नाममा पर्स त खोस्दैन । फेरी भैलोमा गाउने, बजाउने कुन चाँही सहभागीले भैलोको पैसाले नयाँ कमिज किनेको छ, कसले छोरालाई अैइसक्रिम किनेको छ वा परिवार पाल्न बास्मती चामलको बोरा घिसारेको छ ?

यति हुंदा-हुंदै पनि आफ्नो ब्यस्तताका बाबजुद यसपाली धेरै हितैशीहरु सहभागी बनिदिनुभो, लस एन्जलसमा । धेरै संस्थाका अग्रज, प्रमुख र पधाधिकारीहरु आउनुभयो । खुशी हुनुभयो भन्ने लाग्छ । बरु उहांहरुले फाउन्डेशनका अनुपास्थित पदाधिकारीहरुलाई मन मनै के भन्नु भयो होला ? खैर, धेरै ठाउँंमा कार्यक्रम गरेर मात्रै संस्था ठुलो हुने होइन । त्यसको जीवन सार्थक हुन्छ, जो घिटी घिटी पनि प्राण धान्छ । फाउन्डेशनले सांस्कृतिक प्राण धानेको छ, खुलेआम बधाई छ ।

Image may contain: 5 people, people smiling, people sitting

Image may contain: 4 people, people smiling, people sitting, food and indoor

Image may contain: 3 people, people standing

 

तस्वीर : सन्तोष न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *