२०८१ वैशाख १३ गते | 25th of April 2024

लस एन्जलसमा रबिना थापा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १६ गते २२:५८

लस एन्जलस, क्यालिफोर्निया ।  आसन्न एनआरएन, अमेरिकाको निर्वाचनमा अध्यक्ष पदकी एक मात्र महिला उम्मेद्वार रबिना थापा भोली लस एन्जलस आउने भएकी छन । चुनावी प्रचारका क्रममा सान्-फ्रान्सिस्को हुंदै लस एन्जलस आएकी थापा आफ्न समर्थकहरुसंगको भेट र अन्तर्कृयामा ब्यस्त रहनेछिन ।

एनआरएन, अमेरिकाकी बर्तमान उपाध्यक्ष थापा चर्चित गायक तथा उपाध्यक्ष पदका उम्मेद्वार सुमन बुढा मगर, उपाध्यक्ष पदका उम्मेद्वार नारायण बन, महासचिव पदका उम्मेद्वार तथा नेपाली जनसंपर्क समिती, न्यूयोर्क च्याप्टरका महासचिव महेश मल्लको टोली लिएर लस एन्जलस आउन लागेको जनाईएको छ ।

समर्थन र टिमका हिसाबले लस एन्जलसका तीन उम्मेद्वार पाएकी थापासंग उनका टीममा परेका स्थानिय उम्मेद्वारहरुको उपस्थितिमा स्थानिय वासिन्दाहरुसंग अन्तर्कृया कार्यक्रम रहेको जनाईएको छ ।

कार्यक्रम जानकारी :
समय :- 7 PM – 10 PM
स्थान : Tara Himalayan Cuisine, 177221 Pioneer Blvd, Artesia, CA, 90701
मिति : Tuesday, August 1, 2017

Leave a Reply

Your email address will not be published. Required fields are marked *