२०८१ वैशाख १४ गते | 26th of April 2024

लस भेगसमा गोलाबारी, ५८ जनाको मृत्‍यु, ५१५ घाईते

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १६ गते १६:१९

अमेरिका । अमेरिकाको लासभेगासमा गोलीवारी भएको छ। गोलीवारीमा ५८ जनाको मृत्यु भएको जनाईएको छ । । घटमा परि ५१५ भन्दा बढी ब्यक्तिहरु घाईते भएका छन्। सनसेट स्ट्रिपमा रहेको मन्डाले बे होटल नजिक भएको म्युजिक फेष्टिवलमा एक बन्दुकधारीले गोली चलाएको थियो।Image result for las vegas shooting

उक्त होटेलमा रहेको क्यासिनोको तलाबाट गोली चलाएको आवाज आएको प्रत्यक्षदर्सीले बताएका छन्।Image result for las vegas shooting

प्रहरीका अनुसार हमलाकारीको कारबाहीमा मृत्यु भएको छ। घटना पछि लासभेगास विमानस्थलमा अवतरण गर्ने विमानको रुट बदलिएको छ भने अन्य उडान स्थगित भएका छन्।Image result for las vegas shooting

आइतबार राती दश बजे कन्सर्ट चलीरहेकोबेला लस भगास स्थित मण्डाले बे होटलको ३२ औँ तलाको कोठाबाट ६४ वर्षीय स्टेफेन प्याडोक नामको बन्दुकधारीले स्वचालित हतियार मार्फत कन्सर्टमा अन्धाधुन्ध गोली चलाएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।Image result for las vegas shooting
आँफैले चलाएको गोलीबाट बन्दुकधारीको मृत्यु भएको र  बन्दुकधारीको कोठामा दशवटा राइफल फेला परेको सुरक्षा अधिकारीहरूले जनाएका छन् । Image result for las vegas shooting
अमेरिकाको आधुनिक इतिहासमा यो अहिलेसम्मकै ठुलो गोलीकाण्ड हो ।Image result for las vegas shooting
फोटो : गुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *