२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

लेखनाथमा सेभेन वन्डर्स वाटर पार्क

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २४ गते २:०२

पोखरा, २४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका २७ तालचोकमा अत्याधुनिक सुविधा सम्पन्न ‘सेभेन ओन्डर्स वाटर पार्क एण्ड रिसोर्ट प्राइभेट लिमिटेड’ खुलेको छ । पोखरामा भएको पत्रकार सम्मेलनमा रिसोर्टका कार्यकारी निर्देशक अर्जुन भण्डारीले नौ करोड लगानीमा निर्माण सम्पन्न हुने रिसोर्ट नौ रोपनी क्षेत्रफलमा फैलिएको जानकारी दिए । निर्देशक भण्डारीका अनुसार रिसोर्ट पृथ्वी राजमार्गसँगै जोडिएको छ ।
रिसोर्टमा तीन वटा अत्याधुनिक स्विमिङ पुल, रेष्टुरेन्ट, कन्फरेन्स हल, माछा पोखरी, वाटर फल ९कृतिम झरना० लाईभ म्यूजिक, बाल उद्यान, आइसक्रिम पार्लर, बेकरी, लजिङ, फुडिङको व्यवस्था हुनेछ । ‘वाटर पार्कमा दुई वटा पुल असारको पहिलो हप्तादेखी सुरु हुनेछन् भने रेष्टुरेन्ट पनि त्यतिबेलै सुरु भइसक्नेछ’ सेभेन ओन्डर्स वाटर पार्क एण्ड रिसोर्ट प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक अर्जुन भण्डारीले भने,‘पुलमा मल्टीरेसर स्पिड स्लाइड राखिनेछ यस्तो अत्याधुनिक पुल पोखरामा पहिलो हो ।’
कार्यकारी निर्देशक भण्डारीले शहरी कोलाहबाट आजित भएका र व्यस्त व्यक्तिलाई कम्तिमा हप्तामा एक दिन भए पनि शान्त वातावरणमा रमाउने वातावरण मिलाउन रिसोर्ट र पुल संचालनमा ल्याएको बताए । ‘लेखनाथ क्षेत्रका मान्छेहरु स्विमिङ भन्ने बित्तिकै पोखरातिर आउँथे । तिनलाई आफ्नै घरछेउमा स्विमिङ लगायतका सुविधा दिन हामी कस्सिएका छौं’ उनले भने,‘कमर्सियल रुपमा खुलेको मल्टीरेसर स्पिड स्लाइड स्वीमिङ पुल पोखरामै पहिलो हो । रिसोर्टभित्रै बोटानिकल गार्डेनको सुविधा पनि छ । यो रिसोर्ट बालबालिका, युवा, प्रौढ मात्रै होइन बृद्धबृद्धामैत्री रहनेछ ।’
रिसोर्टका अध्यक्ष शिबराम भण्डारीले सम्पूर्ण काम सकिएपछि २५ जनाले प्रत्यक्ष रुपमा रोजगार पाउने र अप्रत्यक्ष रुपमा धेरै जनाले यसबाट लाभ लिने बताए । अध्यक्ष भण्डारीले म्यानेजर, सेफ, सु सेफ, वेटर, लाईफ गार्ड, सेक्युरेटी गार्ड, एकाउन्टेन लगायतका कर्मचारी छनौट गरिसकेको र बाँकी कर्मचारी पनि छिट्टै छनोट गर्ने बताए । ‘अहिले पनि पोखरा भन्नेबित्तिकै लेकसाइड मात्रै सम्झनेहरु धेरै छन् । जब कि पोखरा क्षेत्रभन्दा बाहिर अर्थात साविकको लेखनाथमा धेरै ताल छन्’ अध्यक्ष भण्डारीले भने,‘बृहत पोखरा मान्ने हो भने बेगनास ताललाई पनि मिनि लेकसाइड बनाउनुपर्छ र त्यसमा थोरै भए पनि योगदान दिने उद्देश्यले हामीले यो वाटरपार्क तथा रिसोर्ट खोलेका हौं ।
रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने हामी विश्वास दिलाउन चहान्छौं ।’ २०७३ साल पुस १७ गते कम्पनी रजिष्टारको कार्यालयमा विधिवत दर्ता भएको रिसोर्टले दर्ता प्रक्रियामा जानु अगावै कात्तिकबाट निर्माण सुरु गरेको थियो । अध्यक्ष भण्डारीले रिसोर्ट हाल ६० प्रतिशत काम सम्पन्न भइसकेको र यसको फुल ओपनिङ दशैंमा गर्ने योजना बनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']