२०८१ वैशाख १३ गते | 25th of April 2024

लोकतन्त्रको रक्षाका लागि काँग्रेसको जित आवश्यक : मन्त्री केसी

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १६ गते १५:५१

काठमाडौँ, १६ मंसिर । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसको जित आवश्यक रहेको बताए ।

नेपाली काँग्रेस दक्षिणकाली नगरपालिकाले आज फर्पिङमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै मन्त्री केसीले भने – “संविधान निर्माण गरेको काँग्रेसलाई समृद्धिको नेतृत्व गर्न दिनुपर्छ ।”

मन्त्री केसीले चार वटा कम्युनिष्ट सरकारले बनाउन नसकेको संविधान काँग्रेसको नेतृत्वमा बनेको स्मरण गराउँदै विकासको अभियानलाई अगाडि लैजान पनि लोकतान्त्रिक गठबन्धनलाई विजय गराउनुपर्ने बताए ।

उहाँले आफूले गरेको कामले गर्दा फेरि काठमाडौँ क्षेत्र नं १० का बासिन्दाले आफूलाई जिताउने विश्वाससमेत व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउँदै भने – “लोकतन्त्र सुरक्षित नभएसम्म गठबन्धन टुट्दैन ।”

काठमाडौँ क्षेत्र नं १० प्रदेश (क) का उम्मेदवार पुकार महर्जनले मुलुकको हरेक समस्याको समाधान काँग्रेसले गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *