२०८१ वैशाख ११ गते | 23rd of April 2024

वाम गठबन्धनको कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटको टुंगो लगाउने

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १ गते ३:५७

काठमाडौं, १ कात्तिक । आगामी चुनावका लागि उम्मेदवार छनौट र गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउने तयारीका साथ वाम गठबन्धनको कार्यदलको बैठक बस्दैछ । बैठक ललितपुरको एक घरमा बस्ने जानकारी प्राप्त भएको छ ।
कार्यदलको बैठक समयमै सकिए आजै स्थायी कमिटि बैठक बस्नेछ । यसअघि हिजो बसेको स्थायी कमिटि बैठकले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल तथा एकीकृत पार्टी निर्माणको लागि संयुक्त कार्यक्रम गर्ने, तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने तथा निर्वाचन क्षेत्र बाँडफाँड र घोषणापत्र निर्माणको कामलाई एकदुई दिनभित्रै टुंग्याउने निर्णय गरेको थियो ।
त्यसै अनुसार बुधबार कार्यदलको बैठक बस्न लागेको हो । यसैगरी प्रदेश र प्रतिनिधिसभा तुनावमा एमालेका उम्मेद्वारको चयन प्रक्रिया सुरु भएको पनि एमालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *