२०८१ वैशाख १४ गते | 26th of April 2024

वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २४ गते ७:०१

काठमाडौं २४ कात्र्तिक । सोलुखुम्बुको सोताङमा बामगठबन्धन र कांग्रेसका कार्यकर्तावीच झडप भएको छ । झडपमा दुइजना घाइते भएका छन । घाइते हुनेमा बामगठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेसका कोषाध्यक्ष पेमा तामाङ घाइते भएका छन ।
बामगठबन्धनले टासेको पोष्टर कांग्रेसले च्यातेर फालेपछि दुइ समुहबीच झडपको अवस्था सृजना भएको हो ।

झडपपछि वाम गठबन्धनको टोलिले नेपाली कांग्रेसका उम्मेदवारसहित कार्यकर्ताले हातहतियार सहित आक्रमण गरेको आरोप लगाएको छ । यता नेपाली कांग्रेस पक्षले भने आफूहरुको जित सुनिश्चित देखिएकाले आफूमाथी आक्रमण भएको आरोप लगाएको छ । बाटोमा हिँडिरहेको बेला वाम कार्यकर्ताले एक्कासी ढुगांमुढा गरेका कारण स्थिति तनाबग्रस्त बनेको कांग्रेस पक्षको दाबी छ ।

तनाव भएपछि ईलाका प्रहरी कार्यालय, सोताङ्गबाट खटिएको प्रहरीको टोलिले स्थिति नियन्त्रणमा लिई सुरक्षास्थिति बलियो बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता जुबुतर्फ अगाडि बढेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *