२०८१ वैशाख १२ गते | 24th of April 2024

विश्वकपमा छानियो अर्जेन्टिना

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २५ गते २:५४

एजेन्सी / विश्वकप फुटबलका लागि  दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान खेलमा इक्वेडरलाई ३–१ ले हराउदै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको छ । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे । पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको ह्याट्रिकले अर्जेन्टिनालाई रुस यात्रा तय गर्न सजिलो बनायो । दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा हरने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *