२०८१ वैशाख ८ गते | 20th of April 2024

विश्वकप फुटबल २०१८ को छनौट खेलमा विश्व विजेता जर्मनी विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २० गते २:०७

भदौ २० – विश्व विजेता जर्मनीले विश्वकप फुटबल २०१८ को छनौटमा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको जर्मनीले सोमबार राति भएको खेलमा नर्वेलाई ६–० ले हरायो ।

छनौट चरणमा लगातार आठौं जित निकाल्ने क्रममा टिमो वेर्नरले दुई तथा मेसुट ओजिल जुलियन ड्रेक्सलर, लियोन गोरेत्क र मारियो गोमेजले एक एक गोल गरे । जर्मनीले पहिलो हाफमा नै चार गोलको अग्रता लिएको थियो । १० औं मिनेटमा ओजिलले गोल गर्दै सुरुवाति अग्रता दिलाए । १७ औं मिनेटमा ड्रेक्सलरले अग्रता दोब्बर पारे ।

वेर्नरले २१ र ४० औं मिनेटमा गरी दुई गोल गरेपछि पहिले हाफमा जर्मनीले ४–० को अग्रता लियो । दोस्रो हाफमा थप दुई गोल भयो । ५० औं मिनेटमा गोरेत्क र ७९ औं मिनेटमा गोमेजले गोल गर्दै जर्मनीका लागि आधा दर्जन गोल पूरा गरे । समूह ‘सी’ अन्तर्गतकै खेलमा अजरबैजानले सान मारिनोलाई ५–१ तथा नर्दन आयरल्याण्डले चेक गणतन्त्रलाई २–० ले हरायो । ८ खेलबाट २४ अंकसहित जर्मनी समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डको १९ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *