२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

विश्व सुवेदीद्दारा एनआरएन निर्वाचनको बोर्ड सदस्यमा उम्मेद्वारी दर्ता

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ असार २९ गते ०:५८

गोकुल ढकाल
लस एन्जलस, अमेरिका ।

एफ १ ग्रुप, अमेरिकाका संयोजक लस एन्जलस निवासी चर्चित युवा विश्व सुबेदीले एनआरएन अमेरिकाको आसन्न निर्चानमा बोर्ड सदस्य पदमा आफ्नो उम्मेद्वारी दिएका छन । बिगत लामो समयदेखी लस एन्जलसलाई कर्मा क्षेत्र बनाएर शिक्षा, खेलकुद र समाजसेवामा अग्रसर रहेका सुबेदी ‘बाश’ को नामले प्रख्यात छन ।

एलए ११ फुटबल टीम स्थापना गर्दै अमेरिका र नेपालमा समेत फुटबल खेलको प्रबर्धनमा निरन्तर लागेका ‘बाश’ प्रलयकारी महाभुकम्प ताक नेपालमा राहत र सान्त्वना बितरण गर्न बिभिन्न ब्यक्ति, संस्था र समुदायको ‘साझा संयोजक’ भएर काम गरेका कारण प्यारा छन् ।

भुकम्प पुनर्निर्माणको मेसोमा ‘मिस नेपाल क्यालिफोर्निया’ र बिभिन्न सांगितिक कार्यक्रमहरु आयोजना गर्दा बचेँको रकमले गोर्खामा आधिनुक बिद्धालय निर्माण गर्न प्रमुख भूमिका खेलेका छन् ।

भिमाद स्थायी घर भएका ‘बाश’को संयोजनमा गत साल लस एन्जलसमा र भर्खरै जुलाई महिनामा डालसमा अमेरिकास्तरिय ‘नेपालीज अमेरिकन कन्भेन्सन’ नामको दुईटा ठुला सम्मेलनको सफलतम सम्पन्नताको अनुभव बोकेका छन् ।

अमेरिकामा बिशेषत: युवाहरुमा चर्चित-परिचित ‘बाश’ विश्व सुवेदी आफ्ना यिनै अनुभव र लगावलाई अब एनआरएन मार्फत युवाहरुसंग हातेमालो गर्दै सामाजिक अभियानमा लाग्न आफुले उम्मेद्वारी दिएको बताउंछन । चौध बर्ष अमेरिकामा अध्ययन र अभियानमा आर्जेको अनुभव युवा केन्द्रित सामुदायिक मुद्दाहरुमा अर्पण गर्न एनआरएन अमेरिकाको निर्वाचनमा बोर्ड सदस्य मार्फत काम गर्न आफुले उम्मेद्वारी दिएको खुल्लामन्चलाई बताए ।

शुभकामना बाश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']