२०८१ वैशाख ७ गते | 19th of April 2024

शिवप्रकाश, दिनेश कार्की र मनोज अधिकारीलाई नेजा सामुदायिक पत्रकारिता पुरस्कार

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २० गते १८:०९

सर्वप्रथम उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेपाल
अमेरिका पत्रकार संघ, नेजा विश्व प्रेस स्वतन्त्रता दिवस २०१७ को अवसरमा
सवैलाई हार्दिक शुभकामना व्यक्त गर्दछ । यसै अवसरमा प्रेस स्वतन्त्रताको
पक्षमा क्रियासिल रहँदा अनाहकमा ज्यान गुमाउने विश्वभरका ज्ञात अज्ञात पत्रकारहरुप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दछु ।

संयुक्त राष्टसंघको साधारण सभाले घोषणा गरेपछि प्रत्यक वर्ष युनेस्कोको आवहानमा मे ३ मा
विश्व प्रेस दिवस मनाईने गरिन्छ । विश्व प्रेस दिवसकै अवसरमा हामीले
सप्ताहान्त पारेर मे ६ र ७ मा अमेरिकाको राजधानी वासिंगटन डिसीमा ११ औं
साधारण सभाको आयोजना गरेका छौं । साधारण सभामा सहभागिताको लागि तपाई
सम्पूर्ण सदस्य एवं अतिथि र सहभागीहरुलाई हार्दिक स्वागत गर्दछु । यसै
अवसरमा विश्वमा प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको पक्षमा योगदान
पुर्याउने सवै संचारकर्मीहरुप्रति उच्च सम्मान प्रकट गर्दै प्रेस
स्वतन्त्रताका आधारभूत सिद्धान्तका आधारमा पेशागत हकहितका पक्षमा
एक्यैवद्धता जनाउन सवैमा आग्रह गर्दछु ।
नेजाको ११ औं साधारण सभामाको सम्पूर्ण तयारी सकिएको छ ।

सामुदायिक पत्रकारिता पुरस्कार पत्रकारत्रयलाई
मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । Critical Minds for
Critical Times: Meida’s role in advancing peaceful, just and
inclusive societies भन्ने नाराका साथ यसवर्षको विश्वप्रेस स्वतन्त्रता
दिवस आज संसारभर मनाईदैछ । यस अवसरमा नेपाल अमेरिका पत्रकार संघ, नेजा
सम्पूर्ण पत्रकारहरुमाझ शुभकामना व्यक्त गर्दछ । यसदिनले विश्वभरका
सम्पूर्ण पत्रकारहरुलाई अरु निर्भिक, स्वतन्त्र र प्रभावकारी वनाउन बल
प्रदान गरोस भन्ने पनि संघ कामना गर्दछ । यसै सन्दर्भमा अमेरिका र
क्यानडास्थित नेपाली पत्रकारहरुलाई थप निर्भिक, स्वतन्त्र, जिम्मेवार र
प्रभावकारी बनाउन प्रोत्साहित गर्ने उद्देश्यले नेजाले यसवर्षदेखी नेजा
सामुदायिक पत्रकारिता पुरस्कार पत्रकारत्रय शिवप्रकास, दिनेश कार्की र
मनोज अधिकारीलाई संयुक्त प्रदान गर्ने निर्णय गरिएको जानकारी गराउदछौं ।
१ हजार एक सय एक डलर राशीको सो पुरस्कार, विश्व प्रेस स्वतन्त्रताकै
सन्दर्भ पारेर यहि मे ६ र ७ मा वासिंगटन डिसीमा हुने साधारण सभामा प्रदान
गरिनेछ । पुरस्कारका लागि पत्रकार राजेश मिश्रको संयोजकत्वमा सन्जय
घिमिरे र कमला थापा सदस्य रहेको एक छनौट समिति गठन गरिएको थियो ।

यसवाहेक नेजाले नेपालमा ग्रामिण क्षेत्रमा रहेर पत्रकारिता गर्नेहरुलाई
प्रोत्साहन गर्ने उद्देश्यले ग्रामिण उत्कृष्ट पत्रकारिता पुरस्कार
प्रदान गर्दै आएको छ ।
११ औं साधारण सभाका संयोजक एवं नेजाका उपाध्यक्ष गुणराज लुईटेलले साधारण
सभामा भागलिन आउने सवै अथितिहरुको स्वागतको लागि तयार अवस्थामा रहेको
वताउनुभएको छ । कार्यक्रमको साधारण सभाको उदघाटनका लागि नेपाल स्थित
पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ महासचिव उजिर मगर आउनु
भएको जानकारी गराउन पाउँदा हामी निकै हर्सित छौं । त्यसैगरि डिसी स्थित
अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की लगायत नेपाली संघ
संस्थाका प्रतिनिधिहरु एवं अमेरिकि समुदायका विशिष्ट
व्यक्तित्वहरु कार्यक्रममा सहभागि हुने जानकारी पनि गराउन चाहन्छौं ।
अमेरिका र क्यानडास्थित नेजाका सदस्यहरुमध्ये अधिकांशले मे ५ तारिख
रातीसम्म कार्यक्रम स्थल आईसक्ने जानकारी गराउनुभएको छ । मे ६ गते विहान
शुरुहुने कार्यक्रमको वृस्तृत विवरणको जानकारी चाँडै सार्वजानिक गर्नेछौं

विधान सभाको रुपमा हेरिएको ११ औ साधारण सभामा नयाँ प्रस्तावित विधानको
मस्यौदा कपि तयार भैसकेको छ । उक्त मस्यौदा साधारण सभामा प्रकाशित
हुनलागेको प्रयास प्रकाशनमा प्रकाशित गरिनेछ । त्यसैगरि कोषाध्यक्ष शैलेस
पोखरेलको संयोजकत्वको टिमले तयार गरेको आर्थिक प्रतिवेदनको खाका पनि
प्रयासमा प्रकाशित हुने तयारीमा छ । महासचिवको संयोजकत्वमा रहेको प्रयास
प्रकाशन समुहले प्रयास प्रेसमा पठाइसकेको छ जानकारी दिनुभएको छ ।
उदघाटन सत्रको कार्यक्रम अन्तर्गत अमेरिकि नेपाली समुदायको प्रमुख चासोको
रुपमा रहेको एनआरएन अमेरिकाको आसन्न निर्वाचनको विषयमा वहस प्रारम्भ
गर्ने जानकारी पनि यहाँहरुलाई जानकारी गराउन चाहन्छौं । नेजा सदस्य बाल
जोशीको संयोजनमा गरिने उक्त वहस अध्यक्ष पदका प्रत्यासीहरुसँग गरिनेछ ।
आउनुहोस तपाई हामी सवैजना एकै ठाउमा बसेर नेजाको सुन्दर भविश्यको योजना
तय गरौं । विचार मन्थन र छलफल गरौं । नेजालाई अमेरिकि भूमिमा अझ बढि
क्रियाशील र व्यवसायिक वनाउन होस्टेमा हैंसे गरौं र नेजो वृहत्तरहितमा
जुटौं भन्दै पुन एकपटक विश्व प्रेस स्वतन्त्रताको अभियानप्रति
एैक्यवद्धता जनाउदै यसअवसरमा सवैलाई शुभकामना ।

कार्यक्रम: नेजा एघारौं वार्षिक साधारण सभा
Inauguration Date: May 6 Saturday
Time: 10.30 AM Sharp
Vanue: Best Western Battlefield inn 10820 Balls Ford Rd, Manassas, VA 20109
Nearest Airport: IAD (Dulles International Airport
भवदीय,
गुणराज लुईटेल,
संयोजक, ११औं वार्षिक साधारण सभा तयारी मूल समिति तथा उपाध्यक्ष, नेजा ।
सम्पर्क: 703-720-0360

भोला आचार्य
अध्यक्ष, नेपाल अमेरिका पत्रकार संघ, नेजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *