२०८१ वैशाख ७ गते | 19th of April 2024

श्रीमती ।

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ५ गते २२:०४

– सर्बज्ञ वाग्ले

खासै भनौं भने श्रीमती भन्नाले श्रीमान ज्यूको स्त्रिलिंगी रुप भन्दा स्वरुप नविग्रिएला कुरूप नवनीएला द्रुत्त विकासाँ निकास नरोक्किएला । विवाहिता स्त्रीहरुका नामको अगाडि लगाइने आदरवाची शब्द जस्तै श्रीमती सोनु, श्रीमती वुनु, श्रीमती क्रान्ति, श्रीमती शान्ति, श्रीमती उन्नती आदी आदी ।

जमानाले जमानतलाई जवानीमै घरज्वाई वनाई गनाउन नपाई परिवर्तन गराई दियो त्यसैले जमानाले कोल्टे फेरेको होला । सबै भन्छन् जमाना कहाँबाट कहाँ पुगी सक्यो, उहिलेको कुरो खुइलियो पहिलेको कुरो पोइलियो पुन्पुराँ हात राखेर क्यार्नुत ? तै पनि पहिला पहिला श्रीमान भनी श्रीमती जी ले श्रीमान ज्यूलाई पुकार्नु पर्थ्यो । अझै भनौ भने श्रीमती जीलाई त स्वास्नी भनिन्थ्यो । स्वास्नी भन्नाले सुवास+नी स्वास्नी सुवासनी भनौ भने शील र सुवासले भरिपूर्ण गृहलक्ष्मी भन्ने वुझिन्छ । आ वित्थाँ किन विवाद अर्नु किन बीसौ सताव्दीयाँ झर्नु जे मन पर्छ श्रीमतीजीले
घर कुर्दा या जमाना फुर्दा फुर्सताँ उफर्नु कि उखर्माउलो अर्नु एक्काईसौ सताब्दीको विदेशमय वातावरणाँ वीच्काउनु कसैको दोष होईन यो पनि सरकारकै षड्यंत्रकारि सर्कषी स्वाचालीत स्वा अस्त्र हो ।

उहिलेका कुरा गरौं भन्दा स्वास्नीले श्रीमानको अर्थ यसरी लगाउन्थे, शोभावा एेश्वर्यले युक्त भएको श्रीमान, सौभाग्यशाली श्रीमान भनेर उसरी त पुरुषका अगाडि पनि श्रीमान लेखिन्थ्यो । अझ भनौ भने श्रीमान त न्यायधीश वा अन्य ठूलावडालाई सम्बोधन गर्ने शब्द पो हो त श्रीमान चाहे न्यायाधिश महिला नै किन नहुन श्रीमान त उनलाई पनि भन्नु पर्छ ल भन्नुस त यो कसरी मन पर्छ, त्यसैले त जहाँ तही यसैले गर्छ जे जे पर्छ पर्छ ।

त्यसरी नै स्वास्नीको अर्थ सुवासिनि,गृह लक्ष्मी,कुलकी कुल देवी,सर्वस्वकी सर्वाधिक अभियन्ता । औपचारिक रुपमा भन्ने हो भन्ने पाणिग्रहण गरिएकी स्त्री, पन्नी ग्रीहिणी घरको जिम्मा लीएकि कुलको रक्षार्थ उभिएकी कुलको बत्ती, कुलको दियो जुग जुग जिअो भन्छन नि हजुर ।

उहिले हाम्ले सुरूवाला सु अर्ने वेला कुरा कसरी अरौ ? आजकल त श्रीमती जी ले अर्थात स्वास्नीले, गृहलक्ष्मीले, आफ्नो अर्धाँगिनीले आफ्नो आधा अंगले, रथको दुई पांग्रा मध्येको एउटा पांग्राले श्रीमानलाई, पतिदेवलाई बाबा भनी बोलाउनु हुन्छ । म जस्को घराँ जान्छु ,जस्को कुरा सुन्छु, जस जस सँग संगत अर्छु बाबा भन्ने शब्द नै सुन्छु र हरेक श्रीमतीजीको मुखबाट बाबाको मीठो शब्द आफ्ना पती देव, श्रीमानको कानाँ गुञ्जेको मीठो गुन्जायमान शब्दले स्पर्श गरेको पाईन्छ हजुर हामी जहाँ जहाँ गईन्छ ।

त्यसैले बाबाको अर्थ खोज्ने प्रयत्नाँ अन्यत्र नगई मैले वुझ्ने गरेको पुज्ने शब्द हो । त्यसरी नै बाबाको अर्थ हेर्दा त बाबु वा बाबु जस्तै पुज्य बृध्द व्यक्तिलाई बाबा भनिदो रहेछ पुज्याँ गनियो भरे त । त्यसरी नै अर्को अर्थाँ साधु सन्यासी वा पुज्य ब्यक्त्तिलाई पनि अरुले र अरुलाईनै साधु सन्यासिले गर्ने सम्बोधन बाबा पो रहेछ यो शब्द त श्रीमान अन्यायाँ पर्दों रहेछ । कहिले काँही त छोरा छोरीलाई पनि मायाँ अरेर भन्ने शब्द पनि बाबा नै रहेछ जस्तै मेरो बाबा, मेरो छोरो, मेरो राजा, मेरो मालिक आदी इत्यादी । डर, त्रास, भय र दिक्क लाग्दा निस्कने शब्द पनि बाबा नै रहेछ जस्तै बा ..बा ! ..ए बाबा..नी..! एेयानी बाबा..। आश्चर्य सहयोग, करुणा आदी गर्दा पनि निस्कने शब्द नै बाबा नै हुँदो रहेछ, यसले त नराम्रोसँग मनै छुँदो रहेछ । साधु र सन्यासीलाई आदर गर्दा पनि निस्कने शब्द पनि बाबा नै हुँदो रहेछ । त्यसैले आफ्नी अर्धाँगिनिले आफ्नो श्रीमानलाई श्रीमान भन्न लायक नसम्झेर नै बाबा पो प्रयोग गर्नु भएको हुँदो रहेछ हो कि भन्ने पो कलमको टुप्पोलाई लाग्यो र यो दुई शब्दको अर्थ खोज्न लागेको हो ।

त्यसमा पनि फिलीमको चमत्कार, सिरियलको आदर्श टिभीको संस्कार र विदेशको भ्रमणले श्रीमती जीको सोचको मंगाइ गौमाताको अझ भनौ भने गौप्राणीको गोदान र गर्भावस्था तथा गर्भदान दान तथा धर्मा धाम भन्दा पनि आकाशेको विदेश आगमन र वसाई सराई तथा सहवासका सहजीकरणाँ पारदर्शीता पार्पाचुके प्राकृतिक परिवर्तनका पहरेदार पल वलवान वन्दैछन् । पहिला पहिलाका श्रीमानले चार पाँच वटी गौप्राणी सुवासनी बटुल्थे भने आजकालकी नव धनाढय,नव शिक्षित, नव विदेशी गौप्राणीहरुको चर्चा गर्न आधुनिक महाभारतको रचना गर्ने, नव व्यासको जन्मपछी अती कर्मयोगी श्रीमतीजीको सिर्फुला वर्णन हुने नै होला ज जस्लाई परेको छ जे छ मनै दुख्दै मन मस्तिष्क छोएकै होला छुने मनलाई कुनै औषधीले नछुने गरि गहिरो घाउमा पहिरो गएकै होला । सबै बाबाहरुले एकपटक सोच्दा सबैले बाहिर बाहिर जोक अरी फोकटाँ हिँडदा र एउटाले अर्को बाबाको गौप्राणी र अर्कोले अझ बरिष्ठ श्रीमतीजी न्यायधिष भई घरको खटन पटनले श्रीमान भएको पतै नहुने होला है हजुर यो शब्दको अर्थ खोज्दा खोज्दै नव युगको महाभारताँ कुन्ती, द्रौपदी, दमयन्ति र गान्धारी खोज्ने प्रयास गरौला,अहिलेलाई बाबा भएकाँ गर्व गर्दै अर्जुन,भीम, श्री कृष्ण, शिब, भिष्म पितामह कित पहिल्यै छुटे कित द्वापर युगाँ श्रीमती जीको नाम बाट ग्रहण अबश्यै हुने छ भन्ने सोचेको छु । धन्य श्रीमतीजी श्रीमतीजी जिन्दावाद । महाभारता महाद्वन्द्वा पात्रा जात्रा निम्त्याउने द्रौपदीसाँ भीम अर्जुन रूपी बाबा विदेशाँ वैदेशीक यात्राँ यत्र तत्र छरप्रस्ट छरीएर हो कि बाबा पो प्रयोग गर्नु भएको रहेछ हैन त हजुर ?

अत: पून भन्नै पर्छ कि फिलिमको चमत्कार, सिरियलको आदर्श, टिबिको संस्कार विदेशको भ्रमणले श्रीमतीजीको सोचा महंगाइ गौमाताको अझ भनौ भने गौ प्राणीको सहनाइ भन्दा पनि आकासिएको छ । पहिला पहिलाका श्रीमानले चारपाँच वटी गौ प्राणी सुवासनि बटुल्थे भने आजकाल नब धनाढय, नव शिक्षित, नव विदेशी गौप्राणीले विध्वान र वुद्धिजीविहरूले घुमाएका आँखी भौं पृथ्वी घुम्दाझै फन्फनी सुर्यलाई घुम्दा ल भन्नुस त कसरि पृथ्वी उम्नु वोरू उन्मुक्त भएर संसार निरन्तर र नीयमीत चल्नु चलायमान संसारको रित सँधै चलीरहन्छ र चल्नु पनि पर्छ । त्यसैले श्रीमती भन्नाले शीरको सीर्फूला हो, श्रीवन्दु, श्री श्री श्री सर्वश्री सबै भन्दा ठूलो श्रीमती त्यसैले म भन्छु श्रीमती ज़िन्दाबाद ।
हजुरहरू पनि भन्नुस ज़िन्दाबाद ! ज़िन्दाबाद !! जिन्दावाद !!!
– सर्बज्ञ वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *