२०८१ वैशाख १४ गते | 26th of April 2024

श्रीमान जिताउन गीत गाउँदै श्रीमती (भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २७ गते १९:५०

 झापा । झापा क्षेत्र नं. १ मा यतिबेला दुई वटा प्यारोडी गीत जताततै बजिरहेको सुन्न पाईन्छ । मंसीर २१ गतेको निर्वाचन नजिकिदैं जाँदा काँग्रेस उम्मेद्वार बिश्वप्रकाश शर्मालाई भोट दिन आग्रह गर्दै ती प्यारोडी गीत घन्कीरहेका छन ।

दुई मध्ये एउटा गीत नेपाली चलचित्र दुई रुपियाको “कुटुमा कुटु सुपारी दाना” को लयमा प्यारोडी छ भने अर्को गीत छक्का पञ्जा २ को “ए दाजु नसमाउ नारीमा” भन्ने गीतको लयमा प्यारोडी बनाईएको छ ।

युगल स्वरमा रहेका यी दुवै गीतमा महिलाको स्वर काँग्रेस उम्मेद्वार शर्माकी श्रीमती कबिता शर्माको रहेको छ । दुई मध्ये कुटुमा कुटु सुपारी दानाको प्यारोडीको शब्द कबिता आफैंले लेख्नु भएकोे हो । दोस्रो गीत ए दाजु नसमाउ नारिमा भन्ने गीतको प्यारोडीको शब्द भने स्थानीय शिक्षक सार्जन गहतराजले लेख्नु भएको छ । दुई मध्ये एउटामा निर्मल बास्तोला र अर्कोमा जमिर अलीले शर्मालाई गायनमा साथ दिनु भएको छ ।

दुवै गीतमा काँग्रेस उम्मेद्वार शर्माले झापा क्षेत्र नं. १ मा गरेका कामको चर्चा गरिएको छ । त्यस्तै गीतको माध्यमबाट शर्मासंगै प्रदेश सभाका उम्मेद्वारहरु अशोक पोखरेल र केशबराज पाण्डेको समेत भोट मागिएको छ ।

गीतका माध्यमबाट मतदातासम्म पुग्न सजिलो हुने भएकाले पनि चुनाव प्रचारका लागि गीत तयार पारेको काँग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका शर्माकी श्रीमती कबिता शर्माले बताउनु भयो । आफुले यस अघि अन्य गीत गाईसकेकोेले पनि श्रीमानको चुनावी अभियानमा साथ दिन प्यारोडी गीत बनाएर गाएको कबिता बताउनु हुन्छ । गीतमा काँग्रेस उम्मेद्वार शर्माले परिकल्पना गरेको रिङ रोड, बाँहुनडाँगीको जंगली हात्तीको समस्या समधानका लागि निर्माण गरिएको बिद्युतीय तारबार, जलबिद्युत उत्पादन गर्ने योजना लगायतका बिषयलाई समावेश गरिएका शब्दहरु प्रयोग गरिएको छ भने झापा क्षेत्र नं. १ का भुगोलमा पर्ने ठाउँहरुको बारेमा पनि गीतमा चर्चा गरिएको छ ।

चुनावी कार्यक्रममा यी गीत बजाउन थाले पछि स्थानीय मतदातामा राम्रो छाप छोडिरहेको कबिता बताउनु हुन्छ । वहाँका अनुसार कार्यक्रममा केही बेर पर्खनु पर्ने अवस्था आउँदा पनि यी गीत बजाएर मतदाताहरु नाच गान गरेर रमाईलो गर्ने गरेका छन ।

आम मानिसको जनजिब्रोमा बसेको गीतको लयमा प्यारोडी बनाउँदा मतदाताले सजीलै रुचाउने भएकैले अहिले राम्ररी चलेका यी दुई गीत चुनावी प्यारोडीका लागि रोजेको गायिका शर्मा बताउनु हुन्छ ।
काँग्रेस नेता बिश्वप्रकाशले पनि राजनिति संगसंगै गीत लेखन तथा संगीतकारका रुपमा समेत आफुलाई परिचित गराउनु भएको छ ।

https://youtu.be/1_x9qEdo8UA

Leave a Reply

Your email address will not be published. Required fields are marked *