२०८१ वैशाख १४ गते | 26th of April 2024

संगिता सिवाकोटी एनआरएन, अमेरिकाज महिला उप-संयोजक पदकी उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २१ गते १३:२७

लस एन्जलस निवासी समाजसेवी तथा एनआरएन, अमेरिकाकी निवर्तमान सह-सचिव संगिता लम्साल सिवाकोटीले आसन्न आठौं एनआरएन ग्लोबल सम्मेलनका लागि अमेरिकाज क्षेत्रिय महिला उप-संयोजक पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

अमेरिकाको लस एन्जलसका स्थानिय संघ-संस्था तथा बिभिन्न सामाजिक सामाजिक अभियानमा संलग्न श्रीमती सिवाकोटी झापा लगायत नेपालका बिभिन्न संघ संस्थाका सामुदायिक कार्यहरुमा निरन्तर सकृय हुनुहुन्छ । अमेरिकाका एनआरएन अभियान्ता तथा यसअघिको ग्लोबल सम्मेलनमा केन्द्रिय कोषाध्यक्ष पदका उम्मेद्वार राजेन्द्र सिवाकोटीकी धर्मपत्नी श्रीमती सिवाकोटी एनआरएन अमेरिकाको नि-वर्तमान कार्यसमितिमा ‘काम गर्ने केही सदस्य’ भित्र पर्नुहुन्छ ।

अमेरिकाज क्षेत्रिय महिला उप-संयोजक पदकी उम्मेद्वार सिवकोटीद्दारा जारी बक्तब्य :

आदरणीय ग़ैरआवासीय नेपाली दिदी-बहिनी तथा दाज़ु-भाइहरूमा मेरो नमस्कार;
गत १५-१७ को अमेरिकाको निर्वाचनमा सह-सचिव पदमा यहाहरूकै सदभाव र सहयोगले बिजय गराउनुभयो।यसै जीतलाइ मैले मूल आधार मानी नेपाल र नेपालीको लागी विभिन्न क्षेत्रमा समाज सेवा गर्दै अमेरिका देखी नेपाल सम्म सेवा गर्ने ठुलो मौक़ा मिल्यो। मेरो समाजसेवा गर्ने रुचि र यहाहरुको सल्लाह, आग्रह र अनुरोधलाई आत्मसाथ गर्दै आउँदै गरेको अक्टुवर १४ देखी १७ म हुने ८ औ NRNA विश्व सम्मेलनमा हुन गइरहेको निर्वाचनमा अमेरिकाज क्षेत्रको लागि क्षेत्रीय महिला उपसंयोजकमा मेरो उम्मेदवारीको घोषणा गर्दछु।
फेरी पनि यहाहरूको म प्रति सहयोग र सदभाब रहीरहयो भने अत्याधिक बहुमतले विजय हुनेछु भन्ने बिश्वाशका साथ सहयोगको आशा गरेकी छु।

संगीता लम्साल सिवाकोटी
सह-सचिब २०१५-२०१७
उम्मेदवार
क्षेत्रीय महिला उपसंयोजक अमेरिकाज
ग़ैर आवासीय नेपाली संघ
फ़ोन नम्बर : ९८०३७७७७८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *