२०८१ वैशाख १४ गते | 26th of April 2024

समानुपातिकमा माओवादी केन्द्र अगाडि

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २६ गते ११:१५

रोल्पा, २६ मंसिर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ ।

प्रत्यक्षतर्फ जीत हासिल गरेको माओवादी केन्द्रले पच्चीस हजार २६०, नेपाली काँग्रेसले चौध हजार ४१८ र नेकपा (एमाले) ले दश हजार २७१ मत प्राप्त गरेका छन् ।

जिल्लामा राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), एकीकृत राप्रपा (राष्ट्रवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (माले), नेपाल परिवार दल, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशन मात्रै अस्तित्वमा रहे पनि मतदाताले ४७ दलको चुनाव चिह्नमा मतदान गरेका छन् । सत्तरी हजार ५७० मत खसेको रोल्पामा पन्ध्र हजार ७६६ मत बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *