२०८१ वैशाख ८ गते | 20th of April 2024

सहमति नभएको जोशीको दाबी

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ९ गते १०:०८

एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्षका उम्मेद्वारद्ध्य डा. केशब पौडेल र गौरीराज जोशीबिच डा. पौडेललाई समर्थन गर्दै जोशीद्दारा अध्यक्षको उम्मेदवारी त्यागेको समाचार बिहिन्न संचार माध्यमहरुमा आईरहेको बेला जोशीले ‘आफुले कसैसित कुनै सम्झौता नगरेको’ बताएका छन । सहमतिका लागी सामान्य छलफल मात्रा भएको तर सम्झौता हुनेगरी वार्ता नभएको जोशीले बक्तब्य प्रकाशित गर्दै स्पस्ट पारेका छन ।

जोशीद्दारा जारी बक्तब्यको पुर्ण अंश :

प्रेस विज्ञप्ति
एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा मैले उम्मेदवारी घोषणा गरेको यहांहरु सवै जानकारनै हुनुहुन्छ । एनआरएन अमेरिकामा केही नयां काम गरेर अघि वढ्न सकिन्छ भन्ने उद्देश्यले मैले उम्मेदवारी घोषणा गरेको हुं । उहांहरुले दिनु भएको उत्साह र हौसलाले मलाई समुदायको हितका लागि काम गर्न अझ प्रेरणा मिलेको छ । विशेष गरी युवा जमातले मलाई अझ सकृय हुन प्रेरणा दिईरहनु भएको छ । एनआरएन अमेरिकालाई अझ सशक्त वनाउन सदश्यता विस्तार गर्नु पर्छ भनेर म यस अभियानमा सकृय भएं । टेक्ससमा मात्र होइन अन्य राज्यहरुमा पनि सदश्यता विस्तारमा लागि परें । सदश्यता का लागि अघिल्लो पटक भन्दा ५० प्रतिशत वढी आवेदन परेको छ । यो खुशीको कुरा हो ।

यसैविच गैर आवासीय नेपाली संघ (एनआरएनए)का क्षेत्रिय संयोजक र उपक्षेत्रिय संयोजक ज्यूले संयुक्त रुपमा जारी गर्नु भएको एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष उम्मेदवार वन्न चाहिने योग्यता वारे उल्लेखित विज्ञप्ति ,यस पछि विभिन्न समाजिक संजाल र समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । यसमा धेरै शुभचिन्तकहरुले यो नियतवश एक पक्षलाई उम्मेदवार वन्न वन्देज लगाउने गतल आशयले यसरी विज्ञप्ति आएको भन्दै आक्रोस पनि व्यक्त गर्नु भएको छ । टेक्सस ड्यालसमा जनवरी दोस्रो साता भएको एनआरएन अमेरिकाको पांचौ बार्षिक साधारण सभाको निर्णय, एनआरएन अमेरिकाको इतिहास, संस्था दर्ता र प्रयोग भएको कर नम्बर समेतका प्रमाणलाई पनि विज्ञप्तिले चुनौती दिएको समाजिक संजाल र मेरा शुभचिन्तकहरुवाट अभिव्यक्तिहरु आए ।

एनआरएन अमेरिकाले गठन गरेको निर्वाचन समितिको कार्यक्रम अनुसार उम्मेदवारी दर्ता गरेपछि, योग्यताको प्रश्न उठाउंंदै दावी विरोध गर्न पाउने प्रकृयामा जान बांकी नै छ ।

टेक्ससमा एनआरएनए क्षेत्रिय संयोजक सोनाम लामा, उपक्षेत्रिय संयोजक ए सि शेर्पा ज्युहरु लगायत विभिन्न संघ संस्थासंग आवद्ध साथिहरुसंग मंगलवार एनआरएन अमेरिकाको आगामी नेतृत्वका वारे अनौपचारिक छलफल भएको हो । त्यसवेला विधानको व्यवस्था र मेरो उम्मेदवारीवारेपनि सामान्य चर्चा भएका थिए । तर, कुनै सहमति नभएको म यसै विज्ञप्ति मार्फत यहांहरु सवैलाई जानकारी गराउन चाहन्छु । विद्यानका विषयमा जुन बहस उठेको छ यसवारेमा मैले कानुन विज्ञ, एनआरएन अमेरिकाका पदाधिकारीहरु, पुर्व पदाधिकारीहरुसंग सल्लाह लिईरहेको छु ।

मैले उम्मेदवारी फिर्ता लिएको, सहमति गरेको जस्ता समाचारहरु आएका छन् यसमा कुनै सत्यता नभएको पनि म यसै विज्ञप्ति द्धारा जानकारी दिन चाहान्छु । एनआरएन अमेरिका नेपाली समुदायलाई जोड्ने एउटा अभियान हो ।

अमेरिका वस्ने नेपालीका लागि पनि एनआरएन अमेरिकाको आगामी नेतृत्वले काम गर्नु पर्छ भन्ने मेरो मान्यता हो । विभिन्नका ७४ देशमा फैलिएको यो एनआरएनको पहलले नै संविधानमा गैर आवासिय नागरिकताको व्यवस्था भएको हो । अमेरिका सवैभन्दा वढी एनआरएन सदश्य रहेको देश पनि हो । यो संस्थाको आफ्नै विशिष्ठ गरिमा छ । यो संस्थाको हितमा आंच आउने कुनैपनि कार्यले हामी विदेशमा वस्ने पेशा गर्ने नेपालीलाई नै हानी गर्छ । संस्थाको गरिमा घटाउने कार्य हुदां हामीनै कमजोर हुन्छौं ।

नेतृत्वका लागि छलफल हुन सामान्य प्रकृया हो । म सवैलाई अहिले भईरहेको गतिविधिलाई पनि यसै अनुसार सकरात्मक रुपमा लिन आग्रह गर्छु । पुन अध्यक्षमा मेरो उम्मेदवार कायमै रहेको पुन प्रष्ट गर्न चाहान्छु ।

गौरी जोशी
अध्यक्ष उम्मेदवार
ड्यालस टेक्सस

Leave a Reply

Your email address will not be published. Required fields are marked *