२०८१ वैशाख ११ गते | 23rd of April 2024

साउदी अदालतले गर्यो फैसला ८० हजार ब्लडमनी तिर्नुपर्न मुद्धा खेपिरहेका दिनेश निर्दोष

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३ गते ८:३१

 

काठमाडौं, ३ साउन । साउदी अरबमा ट्याङ्करमा कार ठोक्किदा चार जना साउदी नागरिकको ज्यान गएपछि साउदीको जेलमा परेका मकवानपुर कुलेखानीका दिनेश गोले आज नेपाल फर्कदै छन ।

तीन लाख रियाल (झण्डै ८० लाख रुपैयाँ) ब्लड मनी तिर्नु पर्ने मुद्धा खेपी रहेका गोलेलाई साउदीको उच्च अदालतले निर्दोष रहेको फैसला गरेपछि उनी नेपाल फर्कन लागेका हुन । उनी साउदीको अरारमा रहेको खलिफ अल फला कम्पनीको पानी ट्यांकरको चालकका रूपमा ६ वर्षदेखि कार्यरत थिए ।
२०७२ कार्तिक ७ गते गोलेले चलाउने टयांकर सडकमा पानी लगाइरहेको अवस्थामा साउदी नागरिकले चलाएको कार ट्याङ्करमा ठोक्किएको थियो । कार ठोक्किदा चार जना साउदी नागरिकको ज्यान गएको थियो । साउदी नागरिकको ज्यान गएपछि अदालतले दोषी ठहर गरेको थियो । तल्लो अदालतले सडकमा सूचना संकेत उपयुक्त आकारको नराखिएका कारण दुर्घटना भएकाले गोलेको २५ प्रतिशत दोष भएको भन्दै तीन लाख रियाल ब्लड मनी तिर्नु पर्ने फैसला गरेको थियो ।

त्यस फैसलाका विरुद्ध उच्च अदालतमा पुनरावेदन गरिएको थियो । फैसला पछि उहाँका परिवारले सञ्चारमाध्यम र नेपाल सरकारसँग पनि सहयोगका लागि अपिल गरेका थिए ।
उच्च अदालतले गोले निर्दोष रहेको फैसला सुनाएपछि न्याय पाएका छन । उनले तिर्नुपर्ने भनिएको ब्लड मनी बीमा कम्पनीले व्यहोर्ने र गोलेलाई अभियोगबाट मुक्त गर्न अदालतले आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *