२०८१ वैशाख ८ गते | 20th of April 2024

सोनाम लामा र त्रिलोक गुरुङ्ग नेपाली कांग्रेसमा प्रवेश (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २३ गते १६:४४

काठमान्डौं ।  गोकुल ढकाल –  एनआरएनएको ग्लोबल सम्मेलनमा भाग लिन काठमान्डौं पुगेका अमेरिकाज क्षेत्रिय संयोजक एवम आगामी कार्यकालका लागि उपाध्यक्ष पदका उम्मेद्वार सोनाम लामा र महासचिव पदका अर्का उम्मेद्वार त्रिलोक गुरुङ्ग नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नव-प्रवेशी लामा र गुरुङ्गलाई टिका लगाई पार्ती प्रवेश गराएका थिए ।।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, दिलेन्द्रप्रशाद बडु र बद्री पाण्डे तथा नेपाली जनसम्पर्क समिति, अमेरिकाका पुर्व संयोजक बिष्णु सुवेदी, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल, नेपाली कांग्रेस महधिबेशन प्रतिनिधि प्रमोद सिटौला र हरिबोल भन्डारी, एनएसटीका अध्यक्ष तथा एनआरएन अमेरिकका बोर्ड सदस्य कृष्ण लामिछाने, नेजस अमेरिकाका उपसभापति सि पि पौडेलको, कांग्रेस लमजुड्गका सभापति भेषबहादुर पौडेल लगायत अन्यका उपस्थितिमा लामा र गुरुङ्ग नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।

नेकपा माओवादी केन्द्र नजिक मानिएका लामाको नेपाली कांग्रेस प्रवेशले उप्पध्यक्ष पदमै उम्मेद्वारी दिएका अमेरिकका चर्चित कानुनी ब्यवसायी खगेन्द्र जि सी र सोनाम लामा विचको प्रतिस्पर्धामा अमेरिकी डेलिगेट्सहरुको समिकरण बदलिने छ ।

फोटो/भिडियो : प्रमोद सिटौला

https://www.facebook.com/prasitaula/videos/10159430905685322/

Leave a Reply

Your email address will not be published. Required fields are marked *